काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न रारा ताल जाने र सोही स्थानबाट उनले देशवासीलाई सम्बोधन गर्ने भएका हुन् ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट) को सातौ महाअधिवेशनको बुधबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिए ।
“कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु”, प्रधानमन्त्री ओलीले भने, “राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ ।”
समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवर्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?