काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीले विदेशी कूटनीतिज्ञसँग भेटघाट गर्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न निर्देशन दिएको छ ।
मन्त्रालयको बुधबार बसेको सचिवस्तरिय बैठकले नेपालस्थित विदेशी नियोग र नेपाल भ्रमणमा आउने अन्य विदेशी पदाधिकारीसँग भेटघाट गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत केशवराज सुवेदीले बताए ।
मन्त्रालयले आज ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहका पदाधिकारीलाई विदेशी कूटनीतिज्ञसँग भेट्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न पाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिपत्रअनुसार निर्देशन दिइएको उनले बताए ।
उनका अनुसार संघीयता कार्यान्वयनसँगै तीन तहका सरकारका जनप्रतिनिधिले विदेशी कूटनीतिज्ञसँग भेटघाट गर्ने सम्बन्धमा आवश्यक कानून बनाइरहेकोले त्यो कानून नबनेसम्मका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिनुपर्ने व्यवस्था गरेको हो ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विदेशी नियोग र विदेशी पदाधिकारीसँग भेट्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न भन्दै मन्त्रालयमा परिपत्र गरेको थियो ।
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]