
लन्डन । बेलायत बस्ने एकजना नेपालीले हयाम्पसायरको बेजिङस्टोकस्थित आधा शताब्दी पुरानो सरकारी कलेजमा गभर्नरको नियुक्ति पाएका छन् । बेलायतमा ब्यवसायिक एवं समाजसेवीको रुपमा परिचय बनाएका शिवजी श्रेष्ठलाई क्रान्बोर्न विजनेश एण्ड इन्टरप्राइज कलेज,
बेजिङस्टोकको गभर्निङ बडीले चार वर्ष (२०१८-०२२) को लागि गभर्नर नियुक्त गरेको हो ।
विद्यालय स्तरमा अन्य केहि नेपाली गभर्नरको रुपमा कार्य गरेपनि कलेज स्तरमा सम्भवतः आफू पहिलो गर्भनर भएको श्रेष्ठले बताए ।श्रेष्ठले गभर्नरको रुपमा गभर्निङ बडीमा रहेर कलेज प्रमुख, उपप्रमुखको नियुक्ति देखि कलेजको भिजन, योजना एवं नीति निर्माण, कलेजको आर्थिक ब्यवस्थापन, कलेजको स्तर, कार्यसम्पादनको सुपरिवेक्षण लगायतका कार्यहरुमा सहभागी हुनुपर्नेछ ।
यसअघि सन् २०१३ मा वेल्सस्थित ग्लान हाफ्रन स्कुलको गभर्नरको रुपमा कार्य गरिसकेका श्रेष्ठ बेलायतको प्रमुख प्रतिपक्षी लेबोर पार्टीको बेजिङस्टोकको ब्लाक, एसियन माइनोरिटी एथ्निक अफिसर (प्रमुख) को रुपमा राजनीतिमा पनि सक्रिय छन् ।
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]