लन्डन । बेलायतको पहिलो नेपाली पुस्ता पद, प्रतिष्ठा र खादा संस्कृतिमा अल्झिरहंदा बेलायती विश्वविद्यालयमा अध्ययनरत दोश्रो नेपाली पुस्ता भने सामाजिक रुपान्तरणको सोचले अगाडि बढेको छ । उमेर हेर्दा लाग्छ उनीहरु बेलायती खुल्ला समाजमा अभ्यस्त भइसके, यतै रमाएका छन् । ति तन्नेरी मातृभूमिबाट पुरै बेखवर छन् तर वास्तविकता त्यस्तो छैन् ।
‘मर्जिङ नेपसक्स’ नामक अभियान थालनी गरेर बेलायतका विभिन्न विश्वविद्यालय अध्ययन गरिरहेका अण्डर ग्रयाजुएटस, पोष्ट ग्रयाजुएटस तथा फरक पेशा अंगालेका नेपाली तन्नेरीहरु व्यवसायिक तथा प्राज्ञिक सञ्जाल विस्तारमा जुटेका छन् ।
गैर राजनीतिक भनिएको उक्त अभियानमा आवद्ध युवाले सामाजिक परिवर्तनशीलता तथा आफूहरुमा भएको सिप र ज्ञान स्वदेश भित्रयाउने लक्ष्य बोकेका छन् । स्वदेशमा बढिरहेको ‘ब्रेन ड्रेन’ (वौद्धिक खडेरी) न्यूनीकरण गर्ने उद्देश्य ति युवाको छ । विभिन्न गतिविधिमार्फत बेलायतस्थित नेपाली डायस्पोराको स्तरन्नोति गर्न भरयाङको रुपमा काम गर्ने अठोट समेत उनीहरुले लिएका छन् ।
गत अक्टोबर २०१७ मा अभियान शुभारम्भ भएयता ५ महिना अवधिमा ४० विश्वविद्यालयभित्र गठन भएका नेपाली विद्यार्थीहरुको सोसाइटीसम्म अभियान फैलिइसकेको छ । विभिन्न विश्वविद्यालयका नेपाली सोसाइटीमा गरिएको प्रिजेन्टेसनले आफ्नो सञ्जाल दिनप्रतिदिन बढिरहेको अभियानमा आवद्ध युवाले बताएका छन् । उक्त अभियानमा आफ्नो क्षमता अनुसार जो सुकै पनि सामेल हुन सक्ने र यसको कुनै कमिटी गठन भइनसकेको त्यसमा सक्रिय एकजना युवा समिर गुरुङले जानकारी दिए । आफूहरु परामर्श योजना, त्रैमासिक पत्रिका प्रकाशन र सन्तुलित कमिटी बनाउने गृहकार्यमा भने जुटिरहेको गुरुङले बताए ।
उक्त अभियानमा आवद्ध युवाहरुले गत सप्ताहन्त (२४ मार्चमा) डायमण्ड बैंक्यूटिङ सुइट उल्भरहयाम्पटनमा पहिलो औपचारिक टयालेन्ट शो गरे ।
करिब चार सय युवा सहभागी उक्त कार्यक्रममा २० विश्वविद्यालयका नेपाली सोसाइटीको प्रतिनिधित्व गर्दै युवाहरुले नृत्य, नाटक, प्रवचन, गायन, संगीत आदि क्षेत्रमा आ आफ्नो खुबी प्रस्तुत गरे । उक्त कार्यक्रम समिर गुरुङ, टिना तामाङ र पवन कंडेलले ‘होस्ट’ गरेका थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण