लन्डन । बेलायतको पहिलो नेपाली पुस्ता पद, प्रतिष्ठा र खादा संस्कृतिमा अल्झिरहंदा बेलायती विश्वविद्यालयमा अध्ययनरत दोश्रो नेपाली पुस्ता भने सामाजिक रुपान्तरणको सोचले अगाडि बढेको छ । उमेर हेर्दा लाग्छ उनीहरु बेलायती खुल्ला समाजमा अभ्यस्त भइसके, यतै रमाएका छन् । ति तन्नेरी मातृभूमिबाट पुरै बेखवर छन् तर वास्तविकता त्यस्तो छैन् ।
‘मर्जिङ नेपसक्स’ नामक अभियान थालनी गरेर बेलायतका विभिन्न विश्वविद्यालय अध्ययन गरिरहेका अण्डर ग्रयाजुएटस, पोष्ट ग्रयाजुएटस तथा फरक पेशा अंगालेका नेपाली तन्नेरीहरु व्यवसायिक तथा प्राज्ञिक सञ्जाल विस्तारमा जुटेका छन् ।
गैर राजनीतिक भनिएको उक्त अभियानमा आवद्ध युवाले सामाजिक परिवर्तनशीलता तथा आफूहरुमा भएको सिप र ज्ञान स्वदेश भित्रयाउने लक्ष्य बोकेका छन् । स्वदेशमा बढिरहेको ‘ब्रेन ड्रेन’ (वौद्धिक खडेरी) न्यूनीकरण गर्ने उद्देश्य ति युवाको छ । विभिन्न गतिविधिमार्फत बेलायतस्थित नेपाली डायस्पोराको स्तरन्नोति गर्न भरयाङको रुपमा काम गर्ने अठोट समेत उनीहरुले लिएका छन् ।
गत अक्टोबर २०१७ मा अभियान शुभारम्भ भएयता ५ महिना अवधिमा ४० विश्वविद्यालयभित्र गठन भएका नेपाली विद्यार्थीहरुको सोसाइटीसम्म अभियान फैलिइसकेको छ । विभिन्न विश्वविद्यालयका नेपाली सोसाइटीमा गरिएको प्रिजेन्टेसनले आफ्नो सञ्जाल दिनप्रतिदिन बढिरहेको अभियानमा आवद्ध युवाले बताएका छन् । उक्त अभियानमा आफ्नो क्षमता अनुसार जो सुकै पनि सामेल हुन सक्ने र यसको कुनै कमिटी गठन भइनसकेको त्यसमा सक्रिय एकजना युवा समिर गुरुङले जानकारी दिए । आफूहरु परामर्श योजना, त्रैमासिक पत्रिका प्रकाशन र सन्तुलित कमिटी बनाउने गृहकार्यमा भने जुटिरहेको गुरुङले बताए ।
उक्त अभियानमा आवद्ध युवाहरुले गत सप्ताहन्त (२४ मार्चमा) डायमण्ड बैंक्यूटिङ सुइट उल्भरहयाम्पटनमा पहिलो औपचारिक टयालेन्ट शो गरे ।
करिब चार सय युवा सहभागी उक्त कार्यक्रममा २० विश्वविद्यालयका नेपाली सोसाइटीको प्रतिनिधित्व गर्दै युवाहरुले नृत्य, नाटक, प्रवचन, गायन, संगीत आदि क्षेत्रमा आ आफ्नो खुबी प्रस्तुत गरे । उक्त कार्यक्रम समिर गुरुङ, टिना तामाङ र पवन कंडेलले ‘होस्ट’ गरेका थिए ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित