काठमाडौँ-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र आफ्नो पार्टीबीच समानताका आधारमा सम्मानजनक एकता हुने बताएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को प्रशिक्षण कार्यक्रममा उनले भने, “दुईवटा राजनीतिक विचार र कार्यदिशा भएका राजनीतिक पार्टीबीचको एकता हुने भएकाले सम्मानजनक र समानताका आधारमा हुन्छ र यो एकता प्रक्रियाले छिट्टै निष्कर्ष पाउँछ ।”
दाहालले पार्टी एकताको सन्दर्भमा विचार र राजनीतिको विषयमा सहमति भइसकेको तथा छिट्टै नै संगठनका सन्दर्भमा पनि सहमति हुने बताउँदै पार्टी एकता संयोजन समितिले गठन गरेका दुई वटा कार्यदलले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताए । केही दिनभित्रै सम्पूर्ण खाका तयार हुने उल्लेख गर्दै उनले नेपाली जनतालाई नयाँ विश्वास पैदा गर्न एकताको अभियान शुरु गरिएको स्पष्ट पारे ।
उनले नेपालको कम्युनिस्ट आन्दोलनमा एमाले र माओवादी केन्द्रको फरकफरक र महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै फरकफरक राजनीतिक धार र चिन्तनबाट स्थापित दुई पार्टीबीचमा एकता हुन लागेको हुँदा दुबै पार्टीको चिन्तनलाई समानजनक स्थान दिइनुपर्ने बताए ।
एकता प्रक्रियालाई शीघ्र निष्कर्षमा पुरयाउने भन्ने धारणा एमाले र माओवादी केन्द्रका नेताहरुबाट सार्वजनिक भइरहेको प्रसंग जोड्दै दाहालले भने, “एकता छिट्टै हुन्छ, त्यसमा कुनै दुविधा राख्नु पर्दैन तर सबै राजनीतिक सांगठिनक विषय त मिलाउनु आवश्यक छ र रहन्छ पनि ।”
अध्यक्ष दाहालले नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनमा समेत दुई पार्टीबीचको एकता प्रक्रियाले सकारात्मक प्रभाव पार्ने बताउँदै नेपालको मौलिकता र विशिष्ठताका आधारमा आर्थिक समृद्धिको अभियान अगाडि बढ्ने भएकाले सोहीअनुसारको योजना, कार्यक्रम, नीति ल्याइने धारणा व्यक्त गरे ।
मुलुकमा राजनीतिक स्थायित्व प्राप्त भएकाले नेपाली जनताको भावनाअनुसार अब आर्थिक समृद्धिको अभियानलाई सफल पार्न युवा विद्यार्थीले विशेष योगदान गर्नुपर्नेमा पनि उनले जोड दिए ।
आइतबारदेखि शुरु भएको अखिल (क्रान्तिकारी) को प्रशिक्षणलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत नेताहरुले प्रशिक्षण दिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा