लन्डन । गुरुङ सोसाइटी केन्ट युकेको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बेलायतको दक्षिण पूर्वी भागमा अवस्थित अति रमणीय वातावरणले भरिपूर्ण केन्टमा आफ्नो कर्मथलो बनाई बसोबास गरिरहेका केन्टवासी गुरुङहरुको संस्था ‘गुरुङ सोसाइटी केन्ट युके’ को साधारण सभा गत २४ मार्च २०१८ शनिवार आसफोर्डस्थित सेन्टरपीस भवनको मुख्य हलमा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष बलराम गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्टबासी गुरुङहरुको उल्लेख्य उपस्थिति थियो । सो कार्यक्रम उद्घाटन समाजका अध्यक्ष र संस्थाका ८२ वर्षीय ज्येष्ठ नागरिक मीनबहादुर गुरुङले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी गरेका थिए ।
संस्थाका महासचिव गोलमान गुरुङले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष सूर्य गुरुङले स्वागत मन्तव्य दिए भने अध्यक्ष बलराम गुरुङले वर्षभर भएका, हुँदै गरेका र आगामी दिनमा संस्थाले गर्नुपर्ने महत्वपूर्ण विषयमा आफ्नो भनाई राख्दै उपस्थित सम्पूर्ण सदस्यहरुको सल्लाह, सुझाव र सहयोग रहिरहने आशा व्यक्त गरे ।
संस्थाका कोषाध्यक्ष तारामणि गुरुङले वार्षिक आयव्यय विवरण प्रस्तुत गरे भने सचिव शेखर गुरुङले सदस्यता विवरण, युवा संयोजक सन्दीप गुरुङ र सन्जय गुरुङले युथ बास्केट बल प्रतियोगिताको भिडियो र महासचिव गोलमान गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षद्वय गम गुरुङ र चित्र गुरुङले भूकम्पले ग्रसित गोर्खाको दुर्गम केराबारी १ नेपानेमा अवस्थित नेपाने माध्यमिक विद्यालयमा गुरुङ सोसाइटी केन्ट युकेद्वारा निर्माण गरिएको पुस्तकालय भवन साथै उक्त भवनको उद्घाटन विवरण प्रस्तुत गरेका थिए ।
त्यसैगरी सभापतिको आसनबाट बोल्दै अध्यक्ष गुरुङले संस्थाको उद्देश्य पूरा गराउन र संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रम सफल बनाउन कार्यसमितिले खेलेको उल्लेखनीय भूमिका र जिम्मेवारी संक्षिप्त रुपमा प्रकाश पारे ।
अन्त्यमा अध्यक्ष गुरुङले उपस्थित सम्पूर्ण केन्टबासी गुरुङहरुलाई धन्यवाद दिइ कार्यक्रम समापन गरेका थिए ।
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]