लन्डन । गुरुङ सोसाइटी केन्ट युकेको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बेलायतको दक्षिण पूर्वी भागमा अवस्थित अति रमणीय वातावरणले भरिपूर्ण केन्टमा आफ्नो कर्मथलो बनाई बसोबास गरिरहेका केन्टवासी गुरुङहरुको संस्था ‘गुरुङ सोसाइटी केन्ट युके’ को साधारण सभा गत २४ मार्च २०१८ शनिवार आसफोर्डस्थित सेन्टरपीस भवनको मुख्य हलमा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष बलराम गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्टबासी गुरुङहरुको उल्लेख्य उपस्थिति थियो । सो कार्यक्रम उद्घाटन समाजका अध्यक्ष र संस्थाका ८२ वर्षीय ज्येष्ठ नागरिक मीनबहादुर गुरुङले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी गरेका थिए ।
संस्थाका महासचिव गोलमान गुरुङले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष सूर्य गुरुङले स्वागत मन्तव्य दिए भने अध्यक्ष बलराम गुरुङले वर्षभर भएका, हुँदै गरेका र आगामी दिनमा संस्थाले गर्नुपर्ने महत्वपूर्ण विषयमा आफ्नो भनाई राख्दै उपस्थित सम्पूर्ण सदस्यहरुको सल्लाह, सुझाव र सहयोग रहिरहने आशा व्यक्त गरे ।
संस्थाका कोषाध्यक्ष तारामणि गुरुङले वार्षिक आयव्यय विवरण प्रस्तुत गरे भने सचिव शेखर गुरुङले सदस्यता विवरण, युवा संयोजक सन्दीप गुरुङ र सन्जय गुरुङले युथ बास्केट बल प्रतियोगिताको भिडियो र महासचिव गोलमान गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षद्वय गम गुरुङ र चित्र गुरुङले भूकम्पले ग्रसित गोर्खाको दुर्गम केराबारी १ नेपानेमा अवस्थित नेपाने माध्यमिक विद्यालयमा गुरुङ सोसाइटी केन्ट युकेद्वारा निर्माण गरिएको पुस्तकालय भवन साथै उक्त भवनको उद्घाटन विवरण प्रस्तुत गरेका थिए ।
त्यसैगरी सभापतिको आसनबाट बोल्दै अध्यक्ष गुरुङले संस्थाको उद्देश्य पूरा गराउन र संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रम सफल बनाउन कार्यसमितिले खेलेको उल्लेखनीय भूमिका र जिम्मेवारी संक्षिप्त रुपमा प्रकाश पारे ।
अन्त्यमा अध्यक्ष गुरुङले उपस्थित सम्पूर्ण केन्टबासी गुरुङहरुलाई धन्यवाद दिइ कार्यक्रम समापन गरेका थिए ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी