लन्डन । स्नायुप्रणालीमा असर पुरयाउने गरी भएको एउटा आक्रमणलाई लिएर बेलायत र रसियाबीच रहेको चरमविवादले युरोपेली संघ (ईयु) मा पनि प्रवेश पाएको छ ।
ब्रसेल्समा युरोपेली संघका शीर्ष नेताहरूको बैठकपछि इयूले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने कदम चालिएको छ । विवादमा बेलायतप्रति ऐक्यवद्धता जनाउन उक्त प्रक्रिया अघि बढाउन लागिएको इयूका अधिकारीले बताए ।
इयूले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ब्रसेल्समा युरोपेली संघका शीर्ष नेताहरूको बैठकले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने कदम लिएको छ । विवादमा बेलायतप्रति ऐक्यवद्धता जनाउन उक्त प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ ।’
इयूको बैठकमा रुसी पूर्वगुप्तचर सर्गेइ स्क्रिपाल र उहाँकी छोरी युलियामाथि विषालु पदार्थ प्रयोग गरी भएको आक्रमणमा मस्कोको संलग्नताको सम्भावना अत्यधिक रहेको निष्कर्ष निकालिएको छ ।
उक्त काण्डका कारण विरामी दुवैजनाको अवस्था गम्भीर छ र उनीहरूको उपचार चलिरहेको छ ।
यस पहिले बेलायतले २३ रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो भने प्रतिक्रियास्वरुप रुसले पनि त्यति नै सङ्ख्यामा बेलायती कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय गरिसकेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार