लन्डन । स्नायुप्रणालीमा असर पुरयाउने गरी भएको एउटा आक्रमणलाई लिएर बेलायत र रसियाबीच रहेको चरमविवादले युरोपेली संघ (ईयु) मा पनि प्रवेश पाएको छ ।
ब्रसेल्समा युरोपेली संघका शीर्ष नेताहरूको बैठकपछि इयूले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने कदम चालिएको छ । विवादमा बेलायतप्रति ऐक्यवद्धता जनाउन उक्त प्रक्रिया अघि बढाउन लागिएको इयूका अधिकारीले बताए ।
इयूले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ब्रसेल्समा युरोपेली संघका शीर्ष नेताहरूको बैठकले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने कदम लिएको छ । विवादमा बेलायतप्रति ऐक्यवद्धता जनाउन उक्त प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ ।’
इयूको बैठकमा रुसी पूर्वगुप्तचर सर्गेइ स्क्रिपाल र उहाँकी छोरी युलियामाथि विषालु पदार्थ प्रयोग गरी भएको आक्रमणमा मस्कोको संलग्नताको सम्भावना अत्यधिक रहेको निष्कर्ष निकालिएको छ ।
उक्त काण्डका कारण विरामी दुवैजनाको अवस्था गम्भीर छ र उनीहरूको उपचार चलिरहेको छ ।
यस पहिले बेलायतले २३ रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो भने प्रतिक्रियास्वरुप रुसले पनि त्यति नै सङ्ख्यामा बेलायती कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय गरिसकेको छ ।
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै