
राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउदै । तस्बिर, सौजन्य – राष्ट्रपति कार्यालय
काठमाडौँ, ६ चैत – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको संगठनसम्बन्धी कार्यदलमा रहेका अधिकांश नेताहरू मन्त्रीको जिम्मेवारी पाएपछि अन्तरिम विधान र वैचारिक दृष्टिकोणसम्बन्धी कार्यदलको प्रतिवेदन आउन ढिलाइ भएको छ ।
पार्टी एकता संयोजन समितिले गठन गरेका ती दुई कार्यदलको आपसी छलफल जारी रहेपनि प्रतिवेदन बुझाउन केही समय लाग्ने देखिएको छ । संगठन कार्यदलको आज गृह मन्त्रालयमा बसेको बैठकले अन्तरिम विधानमा दफाबार छलफल भएको र चाँडै अर्को बैठक बस्ने समझदारी भएको कार्यदलका सदस्य वेदूराम भूषालले जानकारी दिनुभयो ।
उहाँले सम्भवत आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन पार्टी एकता हुने भएकाले प्रतिवेदनका लागि पर्याप्त समय रहेको बताउनुभयो ।
दुई दलका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको गत फागुन ७ गतेको बैठकले तय गरेको एकताका प्रारम्भिक सात आधारमा केन्द्रित रहेर १५ दिनभित्र प्रतिवेदन तयार गर्न फागुन १० गते संगठन र वैचारिकसम्बन्धी कार्यदल बनाएको थियो । उक्त अवधि (फागुन २५) भित्र समय अपुग भई यही चैत ५ गतेसम्मको समय बढाइएकामा यो समय पनि गुज्रेको छ ।
संगठन कार्यदलको संयोजकमा गृहमन्त्री एवं केन्द्रका नेता रामबहादुर थापा र वैचारिक कार्यदलको संयोजकमा एमालेका नेता माधवकुमार नेपाल सदस्य हुनुहुन्छ ।
केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको संगठन कार्यदलले विधान र संगठनका लागि दुई अलगअलग उपसमिति बनाएर प्रतिवेदनको मस्यैदा तयार गरेको थियो ।
चुनावी गठबन्धन हुँदै अघि बढेका दुई दलले नयाँ सरकार गठनसँगै एकता प्रक्रियालाई थप अघि बढाएका हुन् । फागुन ७ गतेको एकता संयोजन समितिको बैठकले माक्सवाद लेनीनवादको मार्गदर्शक सिद्धान्तका आधारमा एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने लगायत सात बुँदे आधार तय गरेको थियो ।
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना