काठमाडौं—प्रहरीले नक्कली सशस्त्र प्रहरी बनेर ठगी गर्ने एक युवतीलाई पक्राउ गरेको छ । ४ चैतमा आफू सशस्त्र प्रहरी रहेको र सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दैं ठगी गर्ने कोपिला बोहरालाई प्रहरीले तारकेश्वरको लोकतान्त्रिक चोकबाट पक्राउ गरेको हो ।
प्रहरीले सिन्धुपाल्चोक बलेफीकी २७ वर्षीया बोहराले आफूलाई मन्जु बुढाथोकीका रुपमा चिनाउँदै आएकी थिइन् । उनले आफू सशस्त्र प्रहरी बलको सहायक निरीक्षक हुँ भन्दै नक्कली सशस्त्र प्रहरी बनी विभिन्न ठाउँमा महिलाहरुसँग रकम लिई ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनले आफूले सशस्त्र प्रहरीको ड्रेस लगाएको फोटो देखाउँदै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
उनले पाँच जना महिलाबाट सशस्त्र प्रहरी बनाइदिन्छु भन्दैं २ लाख ४१ हजार ठगेको उजुरी प्रहरीमा परेको छ । उनीबाट ठगिने अन्य महिलाहरु पनि आउने क्रम जारी रहेको महाशाखाले जनाएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा