कानूनमन्त्रीसँग ३० तोला सुन र ७० लाख ऋण

कानुनमन्त्री शेरबहादुर । तस्वीर- काठमाडौं टुडे

काठमाडौँ -कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङसँग काठमाडौँ, पुरानो बानेश्वरमा छ आना दुई पैसामा बनेको एउटा घर र पत्नी उषाकला राईका नाममा काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–८ मा तीन आना तीन पैसा दुई दाम जग्गा छ ।

मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सिन्धुपाञ्चोकबाट प्रतिनिधिसभामा निर्वाचित तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै आफूसँग सिन्धुपाल्चोक, सिन्धुकोटमा पाखोबारी र खेत, पत्नीका नाममा मोरङमा सात कित्ता जग्गा र पत्नीका नाममा खोटाङमा जग्गा भएको जानकारी दिए ।

उनीसँग ३० तोला सुन र विभिन्न संस्थाको रु १५ लाख बराबरको शेयर तथा कृषि विकास बैंकसँग रु ४० लाख र अन्य बैंकसँग रु ३० लाख ऋण छ ।

उनकी पत्नी राई प्रदेशसभा सदस्य छन् । उनका एक एक गाडी र मोटरसाइकल तथा दुई थान ल्यापटप छन् ।

मन्त्री तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो मन्त्री हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री