काठमाडौँ-सरकारले विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सूचित गरेको छ ।
तत्कालीन अवस्थालाई मध्यनजर गरी सकारात्मक उद्देश्यका साथ अतिआवश्यक कार्यका लागि सरकारी नम्बर प्लेटलाई अस्थायी रुपमा रातोमा परिणत गरिएकामा हालको सामान्य अवस्थामा समेत कतिपय सरकारी निकायबाट सवारी साधनको दुरुपयोग भएको गुनासो आएको जनाउँदै गृह मन्त्रालयले तत्कालै नम्बर प्लेट परिवर्तन गर्न निर्देशन दिएको जनाएको छ ।
गृह मन्त्रालयबाट जारी गरिएको सूचनामा भनिएको छ, “कतिपय सरकारी निकायले सवारी साधनलाई रातो नम्बर प्लेटमा यथावत वा परिवर्तन गरी आफूखुशी प्रयोग गर्ने गरेको, सार्वजनिक बिदाका दिनमा कार्यालयको कामबाहेक अन्य प्रयोजनमा समेत प्रयोग गरी दुरुपयोग भए गरेको सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”
सरकारी सवारी साधनको दुरुपयोग हुन नदिन मन्त्रालय प्रतिबद्ध रहेको जनाउँदै मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी गरिएको सूचनामा भनिएको छ, “सरकारी साधनको दुरुपयोगविरुद्ध कडाइका साथ कारबाही गर्न मन्त्रालय दृढ छ ।”
सार्वजनिक बिदाका दिनमा सरकारी नम्बर प्लेटको सवारी साधन सरकारी कामकाजको सिलसिलामा प्रयोग गर्नु परेमा प्रयोजन खुलाइएको पास वा अधिकार प्राप्त निकाय वा पदाधिकारीको स्वीकृति लिएर मात्र प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ ।
मन्त्रालयले ०१–४२११२०८ र ०१–४२११२१४ नं मा जुनसुकै समयमा सरकारी सवारी साधनको दुरुपयोग सम्बन्धी सूचना एवं जानकारी उपलब्ध गराई दुरुपयोग गर्ने कार्य रोक्ने अभियानमा सहयोग गर्न सबैमा अपिलसमेत गरेको छ ।
यस्ता कार्यबाट जनतामा तत्काल परिवर्तन र राहतको अनुभूति गर्ने वातावरण सिर्जना हुने सरकारको अपेक्षा छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस