बुटवल, ५ चैत – प्रदेश नं ५ मा सरकार गठन भएको झण्डै एक महिनापछि आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले आज तीन सदस्य मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रदेश नं ५ मा मन्त्रिमण्डलमा छ जना छन् । गत फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त शङ्कर पोखरेलले सोही दिन नेकपा (माओवादी केन्द्र) का कुलप्रसाद केसी र नेकपा (एमाले) कावैजनाथ चौधरीलाई समावेश गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।
मन्त्रीमा आज नियुक्त हुनेमा एमालेबाट रुपन्देहीका प्रदेशसभा सदस्य लीला गिरी (उद्योग, पर्यटन, वन, वातावरण र जलवायु) र बाँकेका आरती पौडेल (भूमि व्यवस्थापन, कृषि तथा सहकारी) तथा माओवादी केन्द्रबाट गुल्मीकासुदर्शन बराल (सामाजिक विकास) हुनुहन्छ । नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनीयताको शपथ गराउनुभयो । नवनियुक्त मन्त्रीले शपथलगत्तै आजै पदबहाली गर्नुभयो ।
उत्पादकत्व वृद्धि गरिने
पदबहाली गर्दै उद्योगमन्त्री गिरीले औद्योगिकीकरण र पर्यटन प्रवर्धनसँगै वातावरण तथा वनको संरक्षण गरी उत्पादकत्व वृद्धि गर्ने पहिलो निर्णय गर्नुभएको छ । उहाँले तत्कालका लागि प्रदेशको औद्योगिकीकरण, पर्यटन प्रवर्धन, वन क्षेत्रको संरक्षण र उत्पादकत्व वृद्धि एवं स्वच्छ वातावरणका कार्यक्रम समेटिने गरी कार्ययोजना बनाउने निर्णय गर्नुभएको छ ।
सो मन्त्रालयबाट सम्पादन हुने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित सरोकार भएकाहरुको संलग्नता र सहभागिता हुने गरी मन्त्रालयका उपसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय भएको छ । मन्त्री गिरीले सुशासन नै पहिलो र अनिवार्य शर्त भएकाले सोहीअनुरुप काम गर्न निर्देशन दिनुभयो ।
सामाजिक विकासमन्त्री बरालले पदवहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सर्वसुलभ बनाइने बताउनुभयो ।
गाविस अध्यक्षदेखि मन्त्रीसम्म…
उद्योगमन्त्री गिरी रुपन्देही क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । गुल्मीबाट २०३४ सालमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ मा बसाइँ सरेर आउनुभएका राजनीतिक र सामाजिक काममा सक्रिय मन्त्री गिरी यसअघि साविक शंकरनगर गाउँ विकास समितिमा बहुदलीय व्यवस्थाको पहिलो जननिर्वाचित अध्यक्ष हुनुहुन्थ्यो ।
विसं २०२२ मा १२ वर्षको उमेरमै राजनीतिक चेतना जागेर जन्मस्थान गुल्मी रुरु गाउँपालिका (साविकको बम्घा गाविस) मा तत्कालीन पञ्चायतविरुद्ध शिक्षक सिद्धिनाथ ज्ञवालीसँगै आन्दोलनमा सहभागी गिरी हाल एमाले केन्द्रीय कमिटी सदस्य र रुपन्देही जिल्ला इञ्चार्जको जिम्मेवारीमा रहनुभएको छ ।
लघुवित्त तथा शिक्षा क्षेत्रमा सक्रिय
भूमि व्यवस्थापनमन्त्री पौडेल २०४१ सालदेखि त्रिभुवन उमावि कोहलपुर (बाँके) मा अनेरास्ववियूको संगठित भई वामपन्थी आन्दोलनमा प्रवेश गर्नुभएको हो । त्यसपछि सामाजिक, शैक्षिक सेवाका साथै एमालेको राजनीतिमा निरन्तर सक्रिय हुँदा उहाँले अखिल नेपाल महिला संघको क्षेत्रदेखि प्रदेशसम्मको विभिन्न पदमा रही जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ ।
लद्युवित्त तथा शिक्षा क्षेत्रमा आबद्ध भई यसको विकासमा सक्रिय मन्त्री पौडेलको बाँकेको कोहलपुर क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका छ । उहाँ प्रदेशसभामा बाँके जिल्ला क्षेत्र नं १ (ख) बाट प्रत्यक्ष चुनाव जित्ने एमालेतर्फबाट एक मात्र महिला हुनुहुन्छ ।
अन्तरिम व्यवस्थापिका सदस्यदेखि प्रदेशमन्त्री
सामाजिक विकासमन्त्री बराल चन्द्रकोट गाउँपालिका–३, झारखर्क गुल्मीका स्थायी बासिन्दा हुनुहन्छ । विसं २०४५ देखि विद्यार्थीकालबाट राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभएका बराल विसं २०५४ देखि तत्कालीन नेकपा (माओवादी) मा पूर्णकालीन बन्नुभयो ।
विसं २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य हुनुभएका मन्त्री बराल विसं २०६४ देखि ०६८ सम्म संविधानसभा सदस्य र राज्य व्यवस्था समितिको सदस्य रहनुभएको थियो । उहाँ गुल्मी निर्वाचन क्षेत्र नं १ (क) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता