
बंगलादेशबाट काठमाडौँ आएको युएस बंगला विमान सोमबार दिउँसो १४.२० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि यात्रुहरुको उद्धारको प्रयास हुँदै । तस्बिर- रोशन सापकोटा, रासस
काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको जहाज दुर्घटनामा ४९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । सोमबार अपरान्ह ढाकाबाट काठमाडौंका लागि उडेको जहाज अवतरणका क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटना भएको थियो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले ४९ जनाको मृत्यु भएको पुष्टि गरे । उनले थप २१ जना घाइतेको राजधानीको विभिन्न अस्पतालमा उपचार भइरहेको बताए ।
घाइते मध्ये एक जना अहिले पनि भेटिएका छैनन् । चार चालक दलका सदस्यसहित ६७ यात्रु सवार थिए । जसमध्ये यात्रुमध्ये ३३ जना नेपाली रहेका थिए । यस्तै, अन्य बंगलादेशी र केही विदेशी यात्रु पनि विमानमा रहेको बताइएको छ ।
ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना