लन्डन । भारतीय सर्कसबाट फर्किएका नेपाली चेलीले पहिलो पटक सन् २०१० मा ‘सर्कस काठमाडौं’ स्थापना गरे । सर्कसमार्फत बालबालिका बेचविखनविरुद्ध एकजुट हुन प्रेरित गर्ने एउटा प्लेटफर्म मानिन्छ सर्कस काठमाडौं । बेचविखनबाट बचेका चेली, उनीहरुले चलाएको सर्कस काठमाडौं र त्यसका गतिविधिमा आधारित भएर बनाइएको फिल्म ‘इभन हवेन आइ फल’ अप्रिलबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले एक विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो ।
स्काइ निल र केट म्याकलरनोनले निर्देशन गरेको उक्त फिल्म ९५ मिनेट लामो र नेपाली तथा अंग्रेजी सबटाइटिलमा उपलव्ध छ ।
अन्तर्राष्ट्रिय नारी दिवस ८ मार्चदेखि उक्त फिल्मको ‘प्रिभ्यू टुर’ एवं प्रश्नोत्तर सेसन बेलायतभर चलिरहेको छ । १३ अप्रिलबाट फिल्म औपचारिक रुपमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।
बाफ्टा मनोनित निर्माता इल्हम सेकरिफारको लगानी छ फिल्ममा । फिल्मले मानव बेचबेखिन मुद्दालाई वहसमा ल्याइ महिला सशक्तिकरण, स्वतन्त्रता र उनीहरुलाई शिक्षा दिन सघाउने निर्देशकद्वयको विश्वास छ । सर्कस काठमाडौंसंग ५ वर्ष निकट रहेर फिल्म सशक्त र सुन्दर बनाइएको निर्देशकहरुको दावी छ ।
ब्रिटिश इन्डिपेन्डेन्ट फिल्म अवार्डस अन्तर्गत ‘द डिस्कोभरी अवार्ड’ का लागि मनोनित भइसकेको उक्त फिल्ममा शितल र सरस्वती मुख्य पात्र छन् । उनीहरु बेचविखन गरि भारतीय सर्कस पुरयाइ पछि नेपाल फर्काइएका हुन्छन् । उनीहरुले जीवनमा धेरै सास्ती खेपे । आफूहरु बेचिएकामा परिवारसंग मुकाविला गरे र अन्तिममा त्यहांबाट उम्किएर आफ्नो भविष्य आफैंले बनाउन शुरु गरे । शितल र सरस्वतीसहित बेचबिखनबाट उम्किएका अन्य ११ जना मिलेर बनाएका हुन् सर्कस काठमाडौं ।
शितल ८ वर्ष छंदा उनलाई भारतीय सर्कस लगिएको थियो । १४ वर्षमा उनको बिहे मालिकका छोरासंग हुन्छ, १७ वर्षसम्म उनका तीन सन्तान भइसकेका हुन्छन् । शितल ८ वर्ष सर्कसमा काम गरेर फर्किएकी पात्र हुन् । ति चेलीको जीवन संघर्ष र नेपालबाट वर्षेनी करिब १२ हजार महिला तथा बालबालिका विक्री गरि छिमेकी भारत पुरयाइने तथ्यांक फिल्ममा छ ।
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता