काठमाडौं–बाम गठबन्धनबाट सभामुखमा उम्मेदवार को हुने भन्ने विषय बिहीबारसम्म टुंगो लाग्न सकेको छैन् । माओवादी केन्द्रले आफूले राष्ट्रपतिमा एमालेलाई समर्थन गरेपछि सभामुख आफूले पाउनुपर्ने माग गरिरहेको छ ।
तर, दुवै दलले शुक्रबार सभामुखको मनोनयन दर्ता गर्ने अघिल्लो दिनसम्म पनि उम्मेदवार टुंगाइसकेका छैनन् । एमालेले पनि सभामुखमा दाबी गरेको छ ।
माओवादीले नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने तयारी गरेको छ । सभामुखको प्रतिस्पर्धामा माओवादीबाट गिरिराजमणि पोखरेल, पूर्व सभामुख ओनसरी घर्ति, देव गुरुङलगायतका नेताहरु दौडमा थिए । तर, अध्यक्ष पुष्पकमल दाहालले महरालाई सभामुखका लागि अगाडि बढाउने तयारी गरेका हुन् ।
यस्तै, एमालेबाट आफूले दुई वटा संविधानसभामा कुशलतापूर्वक सभामुखको पद सम्हालेको भन्दै सुवास नेम्वाङले पनि दाबी गरिरहेका छन् । यसका लागि शुक्रबार मनोनयन दर्ता पूर्व नै दुवै दलले छलफल गरेर उम्मेदवारी टुंग्याउने तयारी गरेका छन् ।
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल