
काठमाडौँ, २२ फागुन – वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका ११ जना नेपालीलाई ओमनस्थित नेपाली राजदूतावासले समन्वय गरी स्वदेश पठाएको छ ।
दूतावासले आज जारी गरेको विज्ञप्तिमा करार सम्झौता बमोजिम सुविधा नपाएका कारण दुःख पाएका ११ जना पीडित कामदारको मागबमोजिम नेपाली राजदूतावासको समन्वयमा स्थानीय कानुनी औपचारिकता पूरा गरी स्वदेश फिर्ता गरिएको उल्लेख छ ।
ओमानको सोहारस्थित मुवाराद वादी हिबी मोडर्न ट्रेड (एएसटिडी) कम्पनीमा हनेस्टी ओभरसिज प्रालिबाट स्काफोल्डिङ पदमा काम गर्न आएका २० नेपाली कामदार समस्यामा परेका थिए । तीमध्ये ११ जना पीडितले दूतावाससँग सहयोग मागेपछि उनीहरूले काम गर्ने भनिएको कम्पनीबाट करीब १६५ किमी टाढा बर्का भन्ने स्थानमा अलपत्र अवस्थामा राखिएको ठाउँमा दूतावासको टोलीले केही दिनअघि स्थलगत अनुगमन गर्दा फेला पारेको थियो ।
सो पश्चात् सम्बन्धित पक्षहरूसँग निरन्तर सम्पर्क तथा छलफल गर्दासमेत समस्याको समाधान नभएपछि दूतावासले आफैं नेपाल पठाएको हो । सम्बन्धित कम्पनीलाई कानूनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिश गरी पठाइसकिएको दूतावासले जनाएको छ ।
बाँकी रहेका नौ जना कामदारको समस्या समाधान एवं स्वदेश फिर्तीका लागि दूतावासको प्रयास जारी राखेको विज्ञप्तिमा उल्लेख छ ।
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा