पर्वत – पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झण्डै ६ दशकपछि दुई तिहाइको सरकार बन्न लागेको बताएका छन् ।
पर्वत सदरमुकाम कुश्मा बजारमा बुधबारदेखि शुरु भएको दसौँ पश्चिमाञ्चलस्तरीय महिला महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले विसं २०१५ पछि पहिलोपटक दुई तिहाइ बहुमत प्राप्त सरकार बन्न लागेको बताउँदै अहिले त्यसैको कसरतमा सरकार लागिपरेको बताए ।
अब सरकार दुई तिहाइको बनाउने र समृद्धि, स्थायित्व र समाजवादतर्फ मुलुकलाई लैजान यतिबेला चटारो रहेको उनले उल्लेख गरे । उनले मुलुकमा एउटै कम्युनिष्ट केन्द्र केही दिन पहिलेको सात बुँदे सहमति र कार्यदलको पछिल्लो प्रतिवेदनले बनिसकेको दाबी गर्दै मधेश केन्द्रित दल पनि सहभागी भएपछि दुई तिहाइको सरकार बन्ने बताए ।
उनले एक-दुई दिनमै मधेशवादी दलसहितको सरकारले पूर्णता पाउने बताउँदै मधेशवादी दलसँग संविधान संशोधनलगायत केही विषयमा सहमति हुन बाँकी रहेको स्पष्ट पारे ।
मुलुकवासीले जनमतबाटै कम्युनिष्ट पार्टीलाई जिम्मेवारी दिइसकेको बताउँदै अध्यक्ष दाहालले स्थायित्व विकास र समृद्धिजस्ता जनतासँग गरेका कबुल पूरा गर्ने समय आएको बताए । उनले सामुदायिक रेडियोलाई सरकारले पर्याप्तमात्रामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा