काठमाडौँ-प्रहरीले नक्कली नेपाली नोटको कारोबारमा संलग्न गिरोहका पाँच जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । बल्खुस्थित कार्की फार्मेसीमा औषधि किन्न आएका दुई व्यक्तिका साथबाट रु पाँच सयको नक्कली नोट भेटिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा थप चारजना पक्राउ परेका हुन् ।
धनुषा शर्षा नगरपालिका–९ घर भई हाल ललितपुर नख्खीपोट बस्ने धिरजबहादुर श्रीनेत ठकुरी र भोजपुर खावा–९ घर भई हाल नख्खीपोट बस्ने निगम राईले गत फागुन १२ गते कार्की फामेर्सीमा औषधि खरिद गरी रु पाँच सयको नोट दिएकामा औषधि पसलेले शंका लागि प्रहरीलाई खबर गरेपछि सो गिरोहबारे खुलेको हो ।
औषधि पसलेले खबर गरेलगत्तै पुगेको महानगरीय प्रहरी वृत्त, कालीमाटीको प्रहरी टोलीले ठकुरी र राईलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ठकुरीको साथबाट रु ५०० दरको थप दुई थान नोट बरामद गरेको थियो । उनीहरुसँग प्रारम्भिक सोधपुछ गर्दा सो नक्कली नोट ललितपुर गोदावरी नगरपालिका–४ घर भई हाल ललितपुरको ताल्सीखेलमा एमएस वर्कसप सञ्चालन गरी बस्ने मनोज केसीबाट लिएको बताएपश्चात् फागुन १३ गते वर्कसपबाट केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।
केसीको शरीर तलासी गर्दा उनको साथबाट समेत एक थान रु ५०० को नक्कली नोट बरामद भएपश्चात् सोधपुछ गर्दा उनले सो नोट सोलुखुम्बु, तिम्ला घर भई हाल काठमाडौँ, कपन बस्ने भेषकुमार थापा मगरबाट लिएको बताएपछि मगरलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।
मगरका साथबाट २१ थान पाँच सयको नक्कली नोट बरामद भएपछि रामेछाप, नागदह घर भई हाल गोठाटार बस्ने नेमा तामाङको साथबाट रु एक हजारको नक्कली नोट बरामद भएको थियो ।
तामाङले आफूले सो रकम आशीष माझीलाई पनि दिएको माझीलाई पक्राउ गर्दा उनको साथबाट समेत रु ५०० को नक्कली नोट बरामद भएको थियो । अनुसन्धानका क्रममा ती नक्कली नोटहरु नेमा तामाङले वीरगन्जबाट ल्याएको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई काठमाडौँ जिल्ला अदालतबाट खोटाचलन शीर्षक मुद्दामा मुद्दा अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ ।
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना