काठमाडौँ, १० फागुन – निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने तय भएसँगै निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज आयोगमा बसेको बैठकले यही फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने मिति तयसँगै निर्वाचन तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार मतदाता नामावली प्रकाशन फागुन २१ गतेका लागि तोकिएको छ ।
यसैगरी, फागुन २३ गते उम्मेदवारको मनोनयन दर्ता र २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने समय तोकिएको छ ।
फागुन २९ गते मंगलबार बिहान १० बजेदेखि ३.०० बजेसम्म मतदान हुने छ । त्यही दिन ४.०० बजेबाट मतगणना शुरु हुने आयोगले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान