
बालुवाटारमा बिहीबार बसेको नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता समायोजन समितिको बैठक । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, १० फागुन – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताका लागि गठित राजनीतिक र सांगठनिक दुई कार्यदललाई १५ दिनभित्र पार्टी एकताको खाकासहितको प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित बसेको दुवै कार्यदलको बैठकले १५ दिनभित्रमा पार्टी एकताको खाकासहित प्रतिवेदन बुझाउन जिम्मेवारी दिएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
यही फागुन ७ गते पार्टी एकता संयोजन समितिको बैठकले दुई कार्यदल गठन गरेको थियो । दुवै कार्यदलले पार्टी एकताका लागि तय गरिएको सात बुँदे आधारलाई टेकेर काम गर्ने ज्ञवालीले बताउनुभयो । राजनीतिक प्रतिवेदन तयार गर्नका लागि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अन्तरिम विधान मस्यौदा गर्नका लागि माओवादी केन्द्रका नेता रामबहादुर थापालाई जिम्मा दिइएको छ ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले चैतको पहिलो हप्ताभित्र पार्टी एकता गर्ने गरी छलफल अगाडि बढाइएको बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने