
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकीकरणको सहमतिपछि मंगलबार चितवनमा पत्रकारसँग कुरा गर्नुहुँदै । तस्वीर – नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस
रत्ननगर, चितवन, ८ फागुन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचन अघि नेकपा (एमाले)सँग गरेको सहमतिअनुसार नै पार्टी एकता भएको बताउनुभएको छ ।
भरतपुर महानगरपालिका–२२ मा रहेको अमर माध्यामिक विद्यालयको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले दुई पार्टीबीचको एकताले अब नेपाललाई समृद्ध, विकास र सुशासनतर्फ अगाडि बढाउने उद्घोष गर्नुभयो ।
यही विद्यालयमा आफूले फुटबल प्रतियोगिता खेलेको स्मरण गर्दै अध्यक्ष दाहालले उक्त स्थानमा भावनात्मक सम्बन्ध जोडिएको उल्लेख गर्नुभयो ।
चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका दाहालले भरतपुर–जगतपुर तथा भरतपुर–मेघौली सडक कालोपत्रे हुने आश्वासन दिनुभयो । उहाँले निकुञ्ज आसपास क्षेत्रका जनतालाई जंगली जनावरले सास्ती दिएको भन्दै तत्कालै तारजालीको काम अघि बढ्ने बताउनुभयो ।
सो अवसरमा अध्यक्ष दाहालले विद्यालयका पूर्वविद्यार्थीलाई सम्मान गर्नुभएको थियो ।
यसैबीच आजै अपराह्न चितवनको नारायणगढस्थित क्याम्पाचौरमा आजदेखि शुरु भएको ‘विकास रनिङ शिल्ड फुटबल’ प्रतियोगिताको समेत उहाँले उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले नारायणगढको क्याम्पाचौरलाई ‘मिनी स्टेडियम’ बनाउन पहल गर्ने बताउनुभयो ।
आजको उद्घाटन खेलमा फ्रेण्डस् क्लब ललितपुरले विजयी शुरुआत गरेको छ । उसले विजय युथ क्लब हेटौंडालाई १–० अन्तरले पछि पारेको हो ।
उक्त खेलको विजेताले रु पाँच लाख पुरस्कार पाउने छ भने उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार पाउने छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?