
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गर्नुहुँदै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, ६ फागुन – प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको छ ।
साँझपख बालुवाटार सर्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा गतबर्ष साउन १९ गते आफू बहिर्गमन हुँदा समृद्धिको प्रतीकस्वरुप पीपलको वृक्ष रोप्नुभएको थियो । आज १९ महिनापछि सोही पीपलको बिरुवामा जल सिञ्चित गर्दै बालुवाटार प्रवेश गर्नुभयो ।
बिहीबार प्रधानमन्त्री बन्नुभएका ओली भक्तपुरको बालकोटस्थित निजी निवासमा बस्नुभएको थियो । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासबाट सरेपछि आज प्रधानमन्त्री ओली सरकारी निवासमा सर्नुभएको हो ।
प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा प्रवेश गर्दा पार्टीका नेता, कार्यकर्ता तथा सरकारी कर्मचारीले स्वागत गरेका थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन