
प्रदेश–६ को सुर्खेतमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्यालय स्थापना गर्दै प्रदेश मुख्यसचिव सुरेश प्रधान । तस्वीर – लक्ष्मी भण्डारी, सुर्खेत, रासस
सुर्खेत, ४ फागुन – प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज अपराह्न पदभार ग्रहण गर्नुभएको छ ।
नेपालको संविधान को धारा १६८ को उपधारा २ बमोजिम बिहीबार मुख्यमन्त्रीमा नियुक्त शाहीलाई प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले आज शपथ गराउनुभएको थियो । पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहीले आफ्ना पाँच प्राथमिकताका योजना सार्वजनिक गर्नुभयो ।
सोअनुसार प्रदेश नं ६ का प्रत्येक स्थानीय तहमा सडक सञ्जाल विस्तार तथा विद्युतीकरण, बढ्दो जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण एवं हरित प्रदेशका रुपमा विकास, पर्यटकीय क्षेत्र (हुम्लाको मानसरोवर र कैलाश पर्वत, मुगुको छायानाथ र रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल, सुर्खेतको काँक्रेविहार, कालीकोटको त्रिवेणी, दैलेखको ज्वाला केन्द्र), साना तथा ठूला धार्मिक– प्राकृतिक सम्पदालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने छ ।
त्यसैगरी प्रदेशभित्रका सबै जिल्लामा सुविधासम्पन्न अस्पताल बनाइने, हरेक विधाका शैक्षिक संस्था स्थापना गरी दक्ष जनशक्ति उत्पादन गरिर्ने र रोजगारीको वातावरण सिर्जना गरिने छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा