
प्रदेश नं. ५ बाट प्रदेशसभा सभामुखमा निर्वाचित हुनुभएका पूर्णबहादुर घर्तीलाई बुधबार प्रदेश प्रमुख उमाकान्त झापद तथा गोपनीयताको शपथ खुवाउहुँदै । तस्वीर- भरत केसी, बुटवल, रासस
पोखरा, २ फागुन – नेकपा (माओवादी केन्द्र)का नेता एवं प्रदेशसभा सदस्य नेत्रनाथ अधिकारी प्रदेश नं ४ को सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
सभामुख पदका लागि आज भएको मनोनयनमा अधिकारीको मात्र उम्मेदवारी परेका कारण उहाँ निर्विरोध बन्नुभएको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले जानकारी दिनुभयो ।
शिक्षक आन्दोलनमा लागेको आरोपमा पञ्चायतकालमा तत्कालीन सरकारद्वारा शिक्षक पद बर्खास्तीमा पर्नुभएका अधिकारी आफ्नो राजनीतिक यात्राका विभिन्न चरण पार गर्दै प्रदेश नं ४ को सभामुखको जिम्मेवारीमा पुग्नुभएको हो ।
जम्मा ६० सदस्य रहेको प्रदेश नं ४ मा वाम गठबन्धनको पूर्वसहमतिअनुसार पदीय भागबण्डामा नेकपा माओवादी केन्द्रलाई सभामुख पद परेपछि उक्त पार्टीले अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने तय गरेको थियो ।
उहाँको प्रस्तावकमा माओवादी केन्द प्रदेश नं ४ का संसदीय दलका नेता हरि चुमान रहनुभएको थियो भने समर्थकमा एमाले प्रदेशसभा सदस्य किरण गुरुङ हुनुहुन्थ्यो । प्रदेशसभामा जम्मा २७ सदस्य रहेको एमाले र १२ सदस्य रहेको माओवादी केन्द्रको समर्थनमा सभामुख निर्विरोध निर्वाचित हुनुभएका अधिकारी कुश्मा नगरपालिका वडा नं १ (साविकको पाङ गाविस वडा नं ५) पर्वतमा जन्मनुभएको हो ।
पिता स्व थगराज अधिकारी र माता स्व देवकला अधिकारीबाट विसं २०२२ जेठ ३ गते जेठो सन्तानका रुपमा जन्मेका अधिकारीका श्रीमती र दुई छोरी हुनुहुन्छ । उहाँले आइए उत्तीर्ण गर्नुभएको छ ।
विसं २०३८ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशनबाट पार्टी सदस्यता लिएका अधिकारी त्यसयता निरन्तर पार्टीका विभिन्न जिम्मेवारीमा हुनुहुन्छ । द्वन्द्वकाल २०५२ देखि २०६२ सालसम्म भूमिगत रुपमा सक्रिय अधिकारी त्यसअघि भने शिक्षण पेशामा क्रियाशील हुनुहुन्थ्यो ।
विसं २०४१ सालदेखि अध्यापन शुरु गरेका अधिकारीले २०४५ सालसम्म म्याग्दीको खिवाङ निमाविमा पढाउनुभयो भने त्यसपछि गाउँकै नुवारसुवेदीथर माविमा डेढ वर्ष पढाउनुभयो ।
सोही समयमा शिक्षक आन्दोलनमा लागेको आरोपमा तत्कालीन पञ्चायत सरकारद्वारा उहाँको शिक्षक पद बर्खास्तीमा पारिदिएको थियो ।
राजनीतिमा लामो समयदेखि क्रियाशील अधिकारी २०४५ मा अनेरास्ववियुको केन्द्रीय सदस्य रहनुभयो भने २०४८ मा नेकपा मशालको म्याग्दी सेक्रेटरीको जिम्मेवारी बहन गर्नुभयो ।
अधिकारी विसं २०४९-५० मा नेकपा एकता केन्द्रको पर्वत इञ्चार्ज रहनुका साथै विसं २०५२ मा एकता केन्द्रको गण्डक ब्यूरो सदस्य र पर्वत, स्याङजा, बागलुङको सेक्रेटरी एवं इञ्चार्ज जस्ता पदको जिम्मेवारी बहन गरिसक्नुभएको छ ।
विभिन्न जिल्लामा पार्टीको महत्वपूर्ण भूमिकामा रहेका उहाँ २०५७–५९ मा माओवादीको कास्की सेक्रेटरी, २०५९-६० मा ओवादीको स्याङजाका इञ्चार्ज बन्नुभएको थियो ।
उहाँ विसं २०६१-६२ मा माओवादीको मगरात राज्य कार्यालय सेक्रेटरी रहनुभयो भने २०६५ देखि हालसम्म माओवादी पर्वतको इञ्चार्ज रहँदै आउनुभएको छ । हेटौँडा महाधिवेशनको केन्द्रीय आयोजक सदस्य रहनुभएका उहाँ हाल माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।
विसं २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा पर्वत क्षेत्र नं १ मा प्रत्यक्ष उम्मेदवार भई पराजित अधिकारी हालै सम्पन्न प्रदेशसभाको निर्वाचनमा पर्वत (क) बाट २१ हजार ५०८ मतसहित विजयी बन्नुभएको हो ।
विभिन्न चरणका राजनीतिक संघर्षको यात्रापछि देश वर्तमान अवस्थामा आइपुगेको स्मरण गर्दै अधिकारीले यसको सफल कार्यान्वयन नै आफ्नो प्रमुख लक्ष्य रहेको बताउनुभयो ।
प्रदेश ५ का सभामुखद्वारा शपथ
बुटवल, २ फागुन – प्रदेश नं ५ का नवनिर्वाचित सभामुख पूर्णबहादुर घर्तीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख उमाकान्त झाले शपथ दिलाउनुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको शपथग्रहण समारोहमा प्रदेश सभामुख घर्तीले देश र जनताका नाममा शपथ लिनुभएको हो । संविधानको धारा, १८२ को उपधारा, २ अनुसार घर्ती प्रदेशसभाको आजै अपराह्न बसेको बैठकमा सभामुखमा निर्विरोध चयन हुनुभएको थियो ।
शपथग्रहण समारोहमा प्रदेशसभाका सदस्यहरु, प्रदेश प्रमुख सचिव शंकर पाठक, विभिन्न राजनीतिक दलका प्रमुख, उच्च अदालत तुल्सीपुर बुटवल इजलासका मुख्य न्यायाधीश, सुरक्षा निकायका उच्चपदस्थ, विभिन्न संघसंस्थाका प्रमुखहरु लगायतको उपस्थिति थियो ।
शपथग्रहण कार्यक्रमपछि सभामुख घर्तीले बुटवलको पुष्पलाल पार्कमा रहेको पुष्पलालको शालिकमा र राजमार्ग चौराहामा रहेको प्रथम शहीद लखन थापाको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।
सभामुख घर्तीले आजै प्रदेशसभा सचिवालयमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा