काठमाडौँ- नेकपा एमालेले माओवादी केन्द्रसँग फागुनभित्रै पार्टी एकता गर्ने निर्णय गरेको छ । आइतबारको स्थायी कमिटी बैठकले माओवादी केन्द्रसंगको पार्टी एकता फागुनभित्रै टुङ्ग्याउने विषयमा छलफल गरेको हो ।
पार्टी कार्यालय, धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा नयाँ सरकार गठनसँगै माओवादी केन्द्रसँग आगामी फागुनभित्र नै एकता गर्ने विषयमा छलफल भएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले सरकारले कुनै परामर्श नै नगरी एकलौटी ढंगले राष्ट्रियसभामा तीन सदस्य सिफारिश गरेकोप्रति आपत्ति प्रकट गर्दै विरोध गरेको छ ।
एमालेले सरकारले बिना परामर्श नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल, महिला अधिकारकर्मी चाँदनी शाह र काँग्रेसका नेता गोपाल बस्नेतलाई राष्ट्रियसभामा सदस्य बनाउन गरेको सिफारिशको विरोध गरेको हो ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने