काठमाडौँ, २७ माघ – धितोपत्र बजारमा यस साता रु एक अर्ब ५५ करोड ११ लाख दुई हजार बराबरको शेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ४१ लाख ९६ हजार ४९० कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १३ दशमलव ३१ प्रतिशत बढी हो । गत साता १७२ कम्पनीको ३४ लाख ७३ हजार २० कित्ता शेयर रु एक अर्ब ३६ करोड ८८ लाख ९१ हजारमा खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १९ दशमलव ४८ अंकले घटेर अन्तिम दिन एक हजार ३९१ दशमलव ०३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ९४ अंकले घटेर २९४ अंकमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु १६ करोड ४७ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो । कारोबार भएको शेयर संख्याका आधारमा पनि सोही बैंक नै अग्रस्थानमा छ । सो बैंकको चार लाख ६१ हजार कित्ता शेयर कारोबार भएको हो ।
यस साता नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस साता बैंक अफ काठमाडौँको ६१ लाख ५८ हजार ६७ बोनस शेयर, आइएसडिसी लघुवित्तको २३ लाख कित्ता हकप्रद र छिमेक लघुवित्त वित्तीय संस्थाको १६ लाख ५९ हजार २९३ कित्ता बोनस शेयर सूचीकृत भएका छन् ।
यस्तै आइसिएफसी फाइनान्स कम्पनीको आठ लाख तीन हजार ८८५ कित्ता, सोल्टी होटलको ८६ लाख ८८ हजार २४४ कित्ता र स्वदेशी लघुवित्त संस्थाको एक लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको स्टकले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा