काठमाडौँ- राष्ट्रियसभाका सम्भावित अध्यक्षका रूपमा हेरिएका माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा उनी प्रदेश नं ३ को खुल्लाबाट विजयी भएका हुन् ।
थापा खुल्लातर्फ बाम गठबन्धनबाट उम्मेदवार बनेका थिए । उनलाई जिताउन एमालेले राष्ट्रियसभाका उम्मेदवार रहेका नेता बेदुराम भुसालको उम्मेदवारी अन्तिम समयमा फिर्ता लिएको थियो ।
यसैगरी बादलसँगै प्रदेश नं. ३ बाट राष्ट्रियसभामा अन्य सात जना विजयी भएका छन् । निर्वाचित हुनेमा छ जना वाम गठबन्धनका र दुई जना नेपाली कांग्रेसका सदस्य रहेको प्रदेश नं ३ का निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिए ।
उनको अनुसार वाम गठबन्धनबाट एमालेका बलरामप्रसाद बाँस्कोटा, महिलामा दिलकुमारी रावल (पार्वती) र उदय शर्मा पौडेल, दलितमा सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकमा रामचन्द्र राई विजयी भएका हुन् ।
त्यसैगरी, माओवादी केन्द्रबाट थापा भए । कांग्रेसबाट भने राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी भए। प्रदेश नं ३ मा आठ पदका लागि १४ उम्मदेवार प्रतिष्पर्धामा थिए ।
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन