
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका विदेशमन्त्री सुष्मा स्वराज राष्ट्रपति कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गर्नुहुँदै । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, २१ माघ – भारतले नेपालको द्रुत आर्थिक उन्नयन र समग्र विकासका लागि नेपाल सरकारले निर्धारण गरेका प्राथमिकतानुरुप पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्ने बताएको छ ।
भारतका वैदेशिक मामिलामन्त्री सुष्मा स्वराजले प्रजातान्त्रिक रुपमा निर्वाचित नेपालको राजनीतिक नेतृत्व वर्गलाई आफ्नो हालैको नेपाल भ्रमणपछि त्यस्तो सहकार्यको सन्देश दिनुभएको हो । भारतले तीन वटै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकारप्रति बधाई ज्ञापन गर्दै त्यसलाई प्रजातान्त्रिक संक्रमणको उपलब्धि भएको जनाएको छ ।
गत शुक्रबार अबेर राति भारतीय वैदेशिक मामिला मन्त्रालयले मन्त्री स्वराजको नेपाल भ्रमणका सन्दर्भमा सार्वजनिक गरेको विज्ञप्तिमा नेपाल – भारत साझेदारीमा जोड दिइनाका साथै दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुरयाइने उल्लेख छ । उहाँ गत बिहीबार दुईदिने भ्रमणमा नेपाल आउनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा