
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन बुझाउँदै महान्यायाधिवक्ता वसन्तराम भण्डारी । तस्बिर – प्रदीपराज वन्त,रासस
काठमाडौँ, १८ माघ – राष्ट्रपति विद्यादेवी भण्डारीले जेलमा थुनुवाको बसाइँ र त्यहाँको वातावरणका विषयमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा उहाँले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७३-०७४ प्रतिवेदन बुझ्दै थुनुवाको खानेकुरा (सिधा) वृद्धि गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले सरकारी वकिलको क्षमता वृद्धि गर्न तालीम र सुविधा वृद्धि गर्नुपर्नेमा जोड दिदैं महान्यायाधिवक्ता कार्यालयबाट भएका काम कारवाहीको प्रशंसा पनि गर्नुभयो ।
संविधान र संघीय कानूनबमोजिम महान्यायाधिवक्ता कार्यालयबाट सम्पादन भए गरेका कामको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुरुप महान्यायाधिक्ता वसन्तराम भण्डारीले राष्ट्रपतिसमक्ष कार्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापा, मुख्य सचिव लोकदर्शन रेग्मी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता लगायतको उपस्थिति थियो ।
महान्यायाधिवक्ता कार्यालयले चालु आवमा सरकार वादी भई चलाइएका मुद्दा २४ हजार ८८१ रहेका छन् । मुद्दा नचलाउने निर्णय गरेको १३१ मुद्दा र अपराधसम्बन्धी सरकारी मुद्दा ३१ हजार ४६२ रहेको छ ।
नेपाल सरकार वादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा सरकारी वकिल कार्यालयबाट प्रतिरक्षा गरिएको मुद्दाको लगत ६० हजार ९१८ छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा