काठमाडौं- न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा राजन भट्टराईलाई नियुक्तिका लागि सिफारिश गरेको छ ।
आयोगको बुधबार बसेको बैठकले न्याय सेवा आयोगका सचिव भट्टराईलाई सर्वोच्च अदालतको मुख्य रजिष्टारमा नियुक्ति गर्न र सहन्यायाधीवक्ता कृष्णजीवी घिमिरेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा सरुवाका लागि सिफारिश गरेको छ ।
त्यसैगरी बैठकले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सचिव नृपध्वज निरौलालाई न्याय परिषद्को सचिवमा सरुवाका लागि सिफारिश पनि गरेको छ । निरौला बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा जानुअघि सर्वोच्च अदालतका सह-रजिष्टार थिए ।
द्वन्द्वकालमा मारिएका ५६ जनालाई शहीद घोषणा गरेकोप्रति आपत्ति
द्वन्द्वपीडित साझा चौतारीले चितवनको बाँदरमुढे घटनालगायतका स्थानमा मारिएका ५६ जनालाई मात्र शहीद घोषणा गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चौतारीका अध्यक्ष सुमन अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले यही माघ १२ गते बाँदरमुढे घटनाका ५६ जनालाई मात्र शहीद घोषणा गर्नु दलीय भागबण्डा र विभेदपूर्ण कार्य भएको उल्लेख गरेको छ ।
बाँदरमुढेमा गरिएको सार्वजनिक बसमाथिको विस्फोटमा मारिएका, त्यस्तै, द्वन्द्वकालमा माओवादीबाट मारिएका स्याङ्जा, कास्की, सिन्धुपाल्चोक, सुनसरी र खोटाङका गरी ५६ जनालाई शहीद घोषणा गरेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै द्वन्द्वकालमा मारिएका व्यक्तिलाई विगतमा गरिएको शहीद घोषणा घोषणामै सीमित रहेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि शहीद घोषणा गरिएका कतिपय नाम सरकारले फेरि दोहोरयाएर शहीद घोषणा गरिएको समेत देखिएको उल्लेख छ । सरकारद्वारा हचुवा एवं एकपक्षीयरुपमा गरिएको शहीद घोषणा शान्ति प्रक्रियाको मर्मविपरीत एवं राजनीतिकरुपमा एकपक्षीय देखिएको जनाएको छ ।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा