गोरखा–पूर्व युवराज्ञी हिमानी शाह अध्यक्ष रहेको हिमानी ट्रष्टले गोरखाको पालुङटारमा विद्यालयका लागि ८ कोठे भवन निर्माण गरेको छ । शनिबार अध्यक्ष शाह त्यसैको अवलोकन गर्न पालुङटार पुगेकी थिइन् ।
उनले त्यहाँ आफू अध्यक्ष रहेको ट्रष्टले निर्माण गरेको भवानी विद्यालयको ८ कोठे भवन अवलोकन गर्नुका साथै सामूहिक फोटो सेसन समेत गरेकी थिइन् ।
हिमानीसँगै उनको ट्रष्टका ब्यक्तिहरु समेत पालुङटार पुगेका थिए । सुन्दरताकी धनी मानिने हिमानी पछिल्लो समय हिमानी ट्रष्टमार्फत सामाजिक कार्यहरुमा क्रियाशील छन् । त्यस क्रममा हिमानी निकै खुशी देखिएकी थिइन् ।