
काठमाडौँमा शनिबार आयाजित नेपाल उर्जा लगानी सम्मेलनको उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत अतिथिगण । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौं, १३ माघ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलविद्युत् विकासमा लगानीमैत्री नीति निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
इनर्जी डेभलपमेन्ट काउन्सिल नेपालले आयोजना गरेको ‘नेपाल पावर इन्भेस्टमेन्ट समिट, २०१८’ को आज यहाँ उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले प्राकृतिक स्रोतको बहुउपयोगबाट मात्रै देशको विकास हुने भएकाले त्यसका लागि प्रभावकारी कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो “स्वदेशी तथा विदेशी लगानी भित्र्याएर जलविद्युत् क्षेत्रको विकासमा सरकार लागिपर्नेछ भन्ने मैले विश्वास लिएको छु । ऊर्जा संकट सामना गरिरहेको नेपाललगायत दक्षिण एशियाली मुलुकका लागि हाम्रो प्राकृतिक स्रोत महत्वपूर्ण हुन सक्छ ।”
नेपालको भूवनोटका कारण वायु, सौर्य ऊर्जाको पनि प्रचुर सम्भावना रहेको भन्दै उहाँले दिगो अर्थतन्त्रको विकासका लागि समेत साधन र स्रोतको प्रयोगमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
खेर गइरहेको प्राकृतिक स्रोतको सदुपयोग गरेर मात्रै आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्न सकिने भएकाले त्यसमा विशेष दक्षता र सुझबुझका साथ सरकार प्रस्तुत हुने राष्ट्रपति भण्डारीको विश्वास थियो ।
नेपालमा कूल छ हजार बढी नदीनाला रहेको भन्दै नेपालको जलविद्युत् क्षमता ८३ हजार मेगावाट रहेको भए पनि एक हजार मेगावाटको आसपासमा मात्रै उत्पादन गरेर बस्नुपर्ने वाध्यता रहनु दुःखद् रहेकाले आगामी दिनमा गुणात्मक फड्को मार्ने राष्ट्रपतिको भनाइ थियो ।
नेपाललाई पूँजी, प्रविधि, बजार र ज्ञानको जरुरी रहेकोमा जोड दिँदै राष्ट्रपति भण्डारीले लगानीमैत्री वातावरण बन्न सके एकाध वर्षमा ठूलाठूला परियोजनासमेत निर्माण सम्पन्न भएर सुमृद्धिको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गर्नुभयो ।
आगामी दश वर्षमा ४० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ पावर समिटको आयोजना गरिएको जानकारी दिँदै इनर्जी डेपलपमेन्ट काउन्सिलका प्रमुख सुजित आचार्यले त्यसका लागि सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सधैं सहयोगी रहँदै आएको धारणा राख्नुभयो । नेपाल र भारत दुवै मिलेर अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिरहेको, संकटको समयमा नेपाललाई विद्युत् उपलब्ध गराएको र भारतीय लगानीकर्ताले नेपालका विभिन्न आयोजनामा लगानी समेत गरेको उहाँको भनाइ थियो ।
अरुण तेस्रो, माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको क्रममा प्रवेश गरेको, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको प्राविधिक काम सम्पन्न भएपछि प्रक्रिया शुरु हुने राजदूत पुरीले उल्लेख गर्नुभयो ।
तीन दिनसम्म चल्ने समिटमा विभिन्न मुलुकका ३५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । समिटबाट प्राप्त हुने सुझावलाई कार्यान्वयनका लागि सरकारलाई आग्रह गरिने आयोजक संस्थाका प्रतिनिधिले जानकारी दिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार