काठमाडौं–नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले राष्ट्रिसभाका उम्मेदवार छान्ने जिम्मेवारी तीन शीर्ष नेतालाई दिएको छ । सोमबार प्रदेश इञ्चार्जसहित बसेको उच्च नेतृत्वको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई उम्मेदवार छान्ने जिम्मेवारी दिएको हो ।
राष्ट्रिसभा निर्वाचनमा पनि नेकपा एमालेसँग तालमेल गरेको माओवादी केन्द्रले १४ सिट पाएको छ । दुई दलले जित्ने निश्चित ठानिएका ४३ सिटमा भागबण्डा गरेका हुन् । जसमा एमालेले २९ सिट पाएको छ ।
केही सिटमा भने अन्य दललाई दिने तयारी पनि गठबन्धनको छ । माओवादीले राष्ट्रिसभाका उम्मेदवार मंगलबार तय गर्ने सम्भावना छ ।
माओवादीले राष्ट्रियसभामा पार्टीका प्रभावशाली नेता रामबहादुर थापा बादललाई पनि पठाउने तयारी गरेको माओवादी स्रोतले जनाएको छ । यद्यपी यसको टुंगो मंगलबारको बैठकले नै लगाउने बताइएको छ ।
नेकपा एमालेले राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रलाई छोड्न तयार भएमा बादल त्यहाँ जाने लगभग निश्चित देखिएको छ । यसअघि एमालेले चितवन २ मा प्रतिनिधिसभामा बादललाई छाड्न अस्वीकार गरेपछि उनी प्रतिनिधिसभाको निर्वाचन लडेका थिएनन् ।
बादल राष्ट्रियसभामा गएमा उनी ३ नं. प्रदेशको खुल्लाबाट निर्वाचन लड्ने छन् । माओवादीको भागमा तीन नं. प्रदेशबाट राष्ट्रिसभामा एउटा खुल्ला सिट पनि परेको छ ।
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने