काठमाडौँ – सर्वोच्च अदालतले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भइरहेको प्रतिवेदन प्रत्येक महिना पेश गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भए नभएको प्रतिवेदन पेश गर्न गराउन सरकारका नाममा मंगलबार आदेश दिएको हो ।
आदेशमा ऐतिहासिक र पुरातात्विक महत्वको रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भइरहेको प्रतिवेदन अर्को आदेश नआएसम्म प्रत्येक महिना लिखित जवाफसहित पेश गर्न भनिएको छ ।
आदेशमा भनिएको छ, ‘रानीपोखरी पुनःनिर्माणको कार्यमा पुरातत्व विभागको गत पुस ५ गतेको पत्रअनुसार सो पोखरी सार्वजनिक महत्वको भएको हुँदा आधुनिक सामग्री नभई परम्परागत शैलीमा निर्माण गर्न लागेको हुँदा अन्तरिम आदेश जारी गर्न परेन ।’
रानीपोखरीको निर्माण गर्दा परम्परागत नभई आधुनिक सामग्रीको प्रयोग गरेर मौलिकता नष्ट गर्न लागेको हुँदा रोक्नका लागि आदेशको माग गर्दै अधिवक्ता दीपक मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
सोही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले सो आदेश जारी गरेको हो । महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका बारेमा गठन गरेको विज्ञ समितिले आज नै मल्लकालीन शैलीमै रानीपोखरी निर्माण गर्न सुझावसमेत दिएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा