डोटी- ७ नं प्रदेशको राजधानी दिपायलमा माग गर्दै भइरहेको आन्दोलनमा दिनहुँ तनाव सिर्जना भइरहेको छ । जिल्ला सदरमुकाम सिलगढीमा शुक्रबार पनि प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३६ भन्दा बढी प्रदर्शनकारी तथा चार प्रहरी घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनालाई जिल्ला अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मधुसूदन लुइँटेलले जानकारी दिए । घाइते हुनेमा नेकपा (एमाले) का जिल्ला अध्यक्ष चक्र मल्ल, दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी, नेपाली कांग्रेसका नेता सुशील घर्ती, स्थानीय आन्दोलनकारी सूर्य केसीलगायत छन् । तीमध्ये केसीको अवस्था गम्भीर छ ।
जिल्ला प्रशासन कार्यालयअघि भइरहेको कोणसभाका क्रममा आक्रोशित युवाले कार्यालय र प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि २० भन्दा बढी सेल अश्रुग्यास प्रहार गरेको थियो । सोही क्रममा प्रहरीले लठ्ठी प्रहार गरेकामा प्रदर्शनकारीले प्रतिकार गर्दा झडप भएको थियो । झडपका क्रममा प्रहरीले ठूलो दमन गरेको आन्दोलनकारीले आरोप लगाएका छन् ।
पत्रकारमाथि दमन
झडपका क्रममा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि पनि प्रहरीले दमन गरेको छ । पत्रकार बसेको ठाउँमा अश्रुग्यास प्रहार गर्नाका साथै पत्रकारमाथि लाठी चार्जसमेत भएको थियो । सोही क्रममा नेपाल पत्रकार महासंघ डोटीका सचिव गणेश मौनी, पत्रकार खगेन्द्र सिंह, रोजेन्द्र जोशी, रामहरि ओझा, चक्रबहादुर कठायत र प्रेस चौतारी नेपाल डोटीका अध्यक्ष झलक पाली घाइते भएका छन् ।
आन्दोलनकारीले क्षेत्रीय प्रशासनलगायत क्षेत्रीय कार्यालयलाई हातेसाङ्लो बनाएर घेराबन्दी गर्दै सरकारको विपक्षमा नाराबाजी गरेका थिए । यसअघि बिहान कार्यालय समयमा स्थानीय नेता जीतबहादुर खड्काको नेतृत्वको आन्दोलनकारीको टोलीले सम्पूर्ण क्षेत्रीय कार्यालयका प्रशासन तथा प्रमुखका कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
सात नं प्रदेशका तराई र पहाडी जिल्लाको यातायात सेवा आजदेखि पूर्ण रुपमा बिच्छेद पारिएको छ । भीमदत्त राजमार्गअन्तर्गत डोटीको बुडरमा नाकाबन्दी गरिएपछि सुदूरपश्चिमका सात वटै जिल्लाको तराईका जिल्लासँगको यातायात बिच्छेद भएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’