डोटी- ७ नं प्रदेशको राजधानी दिपायलमा माग गर्दै भइरहेको आन्दोलनमा दिनहुँ तनाव सिर्जना भइरहेको छ । जिल्ला सदरमुकाम सिलगढीमा शुक्रबार पनि प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३६ भन्दा बढी प्रदर्शनकारी तथा चार प्रहरी घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनालाई जिल्ला अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मधुसूदन लुइँटेलले जानकारी दिए । घाइते हुनेमा नेकपा (एमाले) का जिल्ला अध्यक्ष चक्र मल्ल, दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी, नेपाली कांग्रेसका नेता सुशील घर्ती, स्थानीय आन्दोलनकारी सूर्य केसीलगायत छन् । तीमध्ये केसीको अवस्था गम्भीर छ ।
जिल्ला प्रशासन कार्यालयअघि भइरहेको कोणसभाका क्रममा आक्रोशित युवाले कार्यालय र प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि २० भन्दा बढी सेल अश्रुग्यास प्रहार गरेको थियो । सोही क्रममा प्रहरीले लठ्ठी प्रहार गरेकामा प्रदर्शनकारीले प्रतिकार गर्दा झडप भएको थियो । झडपका क्रममा प्रहरीले ठूलो दमन गरेको आन्दोलनकारीले आरोप लगाएका छन् ।
पत्रकारमाथि दमन
झडपका क्रममा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि पनि प्रहरीले दमन गरेको छ । पत्रकार बसेको ठाउँमा अश्रुग्यास प्रहार गर्नाका साथै पत्रकारमाथि लाठी चार्जसमेत भएको थियो । सोही क्रममा नेपाल पत्रकार महासंघ डोटीका सचिव गणेश मौनी, पत्रकार खगेन्द्र सिंह, रोजेन्द्र जोशी, रामहरि ओझा, चक्रबहादुर कठायत र प्रेस चौतारी नेपाल डोटीका अध्यक्ष झलक पाली घाइते भएका छन् ।
आन्दोलनकारीले क्षेत्रीय प्रशासनलगायत क्षेत्रीय कार्यालयलाई हातेसाङ्लो बनाएर घेराबन्दी गर्दै सरकारको विपक्षमा नाराबाजी गरेका थिए । यसअघि बिहान कार्यालय समयमा स्थानीय नेता जीतबहादुर खड्काको नेतृत्वको आन्दोलनकारीको टोलीले सम्पूर्ण क्षेत्रीय कार्यालयका प्रशासन तथा प्रमुखका कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
सात नं प्रदेशका तराई र पहाडी जिल्लाको यातायात सेवा आजदेखि पूर्ण रुपमा बिच्छेद पारिएको छ । भीमदत्त राजमार्गअन्तर्गत डोटीको बुडरमा नाकाबन्दी गरिएपछि सुदूरपश्चिमका सात वटै जिल्लाको तराईका जिल्लासँगको यातायात बिच्छेद भएको छ ।
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने