लन्डन । पहिलोपटक उनलाई बेलायतले पत्याएन । अपिलपछि नायिका साम्राज्ञी राज्य लक्ष्मीले यूके भिजा पाइन् अंग्रेजी नयां वर्षको शुरुतिर । सायद यूके आउन ०१८ साल जुरेको रहेछ । यूके आएर साम्राज्ञीले ‘इन्टु मिन्टु लन्डनमा’ फिल्मका लागि केही छायांकन गरेर नेपाल फर्किसकेकी छन् । तर, निर्माण पक्षले साम्राज्ञी आए गएको मिडियामा खासै सार्वजनिक गर्न चाहेन, किनकि पहिलोपटक भिजा अस्वीकार हुंदा युनिटले छायांकनमा सास्ती खेप्नु परयो ।
बेलायत आएर साता दिन जस्तो साम्राज्ञीले छायांकनमा बिताइन् । उनको सेन्ट्रल लन्डनमा नव नायक धिरज मगरसंग केही ‘अन स्क्रिन रोमान्स’ गरेका तस्विर शुक्रबार फिल्म युनिटले सार्वजनिक गरेको छ ।
७५ प्रतिशत फिल्म छायांकन सकिइसकेको र यूके भाग आउंदो वसन्त ऋतु (अप्रिल) तिर फेरि गर्ने योजना बनाइएको निर्देशक रेनासा बान्तवा राईले बताइन् । सन् २०१८ को मध्यतिर फिल्म रिलिज गर्ने लक्ष्य छ ।
आइ कोर फिल्मसले प्रस्तुत गरेको ‘इन्टु मिन्टु लन्डनमा’ मा साम्राज्ञी, धिरज मगर, इसान, मिरा, सरुक ताम्राकार, आकाश लगायतको अभिनय रहनेछ भने फिल्म निर्मातामा प्रभु शम्शेर जबरा र प्रज्ववल शमशेर जबरा छन् । सह निर्माता सुलेखा राई, बसन्त तामाङ र सुस्मिता जिरेल हुन् ।
रेनासाले ‘इन्टु मिन्टु लन्डनमा’ फिल्मबाटै निर्देशनमा डेब्यू गरेकी हुन् । यो फिल्म आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भएको र धेरै आशावादी रहेको उनले बताएकी छन् ।
एक दशक अवधिमा कोरियोग्राफर भएर उनले मेरो एउटा साथी छ, प्रेम गीत, क्लासिक, मेरो लभ स्टोरी, भिसा गर्ल, सुन्तली, झोर्ले, बीर विक्रम, हाउ फन्नी जस्ता कयौं फिल्म र सय भन्दा बढि म्यूजिक भिडियोमा काम गरिसकेकी छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा