
शुक्रबारदेखि बेनीमा शुरु हुन लागेको छैठौं म्याग्दी महोत्सवको उद्घाटनका लागि आउनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्वागत गरिँदै । तस्बिर- सन्तोष गौतम, म्याग्दी, रासस
म्याग्दी, २८ पुस – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अबको अर्जुनदृष्टि विकास र समृद्धिमा हुने बताउनुभएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा आजदेखि बेनीमा शुरु भएको छैटौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवं ४ नं प्रदेश स्तरीय कृषि, औद्योगिक व्यापारिक मेलाको आज उद्घाटन गर्नुहुँदै प्रचण्डले यस्तो बताउनुभएको हो ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले मुलुकमा राजनीतिक अधिकारको लडाइँ सकिएको बताउँदै अबको यात्रा मुलुकलाई विकास र आर्थिक समृद्धिमार्फत विकसित मुलुकको रुपमा चिनाउनेतर्फ अगाडि बढ्ने बताउनुभयो । उहाँले अब बन्ने वाम गठबन्धनको सरकारले हरेक जिल्लामा रहेका सम्भावनाको पहिचान गरी ती क्षेत्रको उजागरमार्फत विकास र समृद्धिलाई नेतृत्व गर्ने बताउनुभयो ।
‘सरकार त वाम गठबन्धनकै बन्छ, त्यसैले हामी अहिले त्यसै बसेका छैनौँ, कुन जिल्लामा के-कस्ता क्षेत्रमा सम्भावना छन्, ती कुराका बारेमा योजना बनाउन लागिपरेका छौँ, अबको सरकारले सम्भावनायुक्त क्षेत्रको पहिचान गरी विकासलाई प्राथमिकतामा राख्छ’ – अध्यक्ष प्रचण्डले भन्नुभयो ।
विगतको १० वर्षको राजनीतिक यात्रामा आफूले निजी क्षेत्रलाई समेत मुलुकको विकासको साझेदारीको रुपमा लिने नीतिलाई नीतिगत रुपमै कार्यान्वयन गर्न विशेष पहल गरेको बताउँदै अध्यक्ष प्रचण्डले अब मुलुक निर्माणको जिम्मेवारी सरकार र निजी क्षेत्र दुवैको हुने बताउनुभयो ।
म्याग्दीमा जलस्रोत, पर्यटन, जडीबुटी, कृषि र पशुपालनको अथाह सम्भावना रहेको बताउँदै उहाँले यहाँको विकासका लागि निरन्तर आफ्नो पहलकदमी रहने प्रतिबद्धतासमेत जनाउनुभयो ।
महोत्सवको पूर्व सन्ध्यामा बेनीमा विभिन्न जातजाति र संघ संस्थाले पहिचान झल्कने झाँकीसहितको रयालीले बजार परिक्रमा गरेका छन् । पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको अवसरमा खुला दोहोरी गीत, लोकनृत्य, रत्यौली गीत प्रतियोगितासहित महिला पुरुष भलिबल, बास्केटबललगायतका प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको विशेष सांगीतिक प्रस्तुति रहने छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा