काठमाडौँ, २८ पुस – नेकपा (माओवादी केन्द्र) औपचारिकरुपमा आजदेखि शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन सरकारबाट बाहिरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री देउवासँग भेट गरी विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षरसहितको पत्र बुझाएर सरकार छाडेको जानकारी गराउनुभएको हो ।
निर्वाचनको सुनिश्चितताका लागि भन्दै विनाविभागीय हैसियतमा माओवादी केन्द्रका तर्फबाट उपप्रधानमन्त्रीसहित नौ जना मन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी थिए ।
विना विभागीय मन्त्री पोखरेलले पार्टी अध्यक्षकोतर्फबाट हस्ताक्षरित पत्र बुझाएर आफूहरु औपचारिकरुपमा सरकारबाट बाहिरिएको जानकारी दिनुभयो ।
आफूहरु सरकारमा रहिरहनु औचित्यपूर्ण नदेखिएकाले आजैदेखि माओवादी केन्द्र र नेकपा(संयुक्त) सम्बद्ध मन्त्रीलाई फिर्ता बोलाइ सरकारमा नरहेको जानकारी गराएको पत्रमा उल्लेख छ ।
माओवादी केन्द्रले सरकारबाट नयाँ जनादेशअनुसार सत्ता हस्तान्तरणमा सहजीकरणको लोकतान्त्रिक भूमिकाको समेत अपेक्षा गरेको छ ।
गत असोज १७ गते नेकपा (एमाले) सँग वाम गठबन्धनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहकार्य गरेको, पार्टी एकताको प्रक्रियासमेत शुरु भएको अध्यक्ष दाहालको पत्रमा उल्लेख छ ।
वाम गठबन्धन र एकताको प्रक्रियाले निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय कार्यभारमा बाधा नपुगोस् भनेर आफूहरु सरकारमा बसिरहेको जानकारी दिँदै माओवादी केन्द्रले संघीय संरचनाअनुसार तीनवटै तहको निर्वाचन सम्पन्न भइसकेको भन्दै सो कार्य सफलतापूर्वक सम्पन्न गराएकामा प्रधानमन्त्री देउवालाई धन्यवादसमेत दिएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित