काठमाडौं, २७ पुस – पचास हजार मानिसले आगामी माघमा एकै पटक शाक्यमुनि गौतम बुद्धका उपदेश वाचन गर्ने भएका छन् ।
मानिसले विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा गिनिज बुक अफ वल्ड रेकर्डसमा कीर्तिमान कायम गर्न माघ २७ गते स्थानीय टुंडिखेलमा बुद्धका उपदेश र वचन ‘धम्मपद’ उपदेश वाचन गर्न लागेका हुन् । ‘बुद्ध वाज वर्न इन नेपाल’ नामको सो कार्यक्रममा उपदेश वाचनका लागि देशभरबाट मानिसहरु काठमाडौँमा उपस्थित हुनेछन् ।
परिषद्का अध्यक्ष दीपक शर्मा बजगाईंले सिद्धार्थ गौतमद्वारा प्रतिपादित बौद्ध दर्शन तथा उपदेशको मूलभूमि नेपाल भएको तथ्यलाई अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार गर्न कार्यक्रम गर्न लागिएको जानकारी दिँदै भन्नुभयो, ‘राष्ट्र, राष्ट्रियता र स्वाभिमान दर्शाउन र नेपालीको जीवनमा महत्वपूर्ण रहेका बुद्ध उपदेश र ‘धम्मपद’ सस्वर वाचनमार्फत यसअघि कायम रहेको विश्व कीर्तिमान भङ्ग गरी नेपालको नाममा कायम गर्ने प्रयासस्वरुप यो राष्ट्रिय गौरवको कार्यक्रम गरिन लागेको हो ।’
सो कीर्तिमानी अहिले भारतका नाममा दर्ता छ । भारतले सन् २०१४ फेब्रुअरीमा ४६ हजार ६६० मानिसद्वारा १६ औं शताब्दीका कवि पोथानमद्वारा रचित ‘जानपना’ वाचन गरी कीर्तिमानी राखेको थियो । सो कार्यक्रम सफल बनाउन परिषद्ले नेपाल सरकार र विभिन्न संघसस्थासँग आग्रह गरेको छ ।
यहाँ आज आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले व्यक्तिगत रुपमा रु ५१ हजार कार्यक्रमका लागि सहयोग गरिने घोषणा गर्नुभयो । कार्यक्रम सम्पन्न गर्न रु दुई करोडभन्दा बढी खर्च हुने परिषद्को अनुमान छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा