
काठमाडौँ, २२ पुस – मुलुकमा वार्षिक करिब रु २० अर्बको फलफूल आयात हुने गरेको छ ।
नेपाल फलफूल थोक व्यवसायी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा आज उहाँ आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो ।
सो अवसरमा नेकपा (एमाले)का नेता राजेन्द्र पाण्डेले नेपाल कृषि प्रधान देश भनिए पनि उत्पादनको उपयुक्त वातावरण नहुँदा मुलुकको अर्थतन्त्र आयातमुखी हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै फलफूलको गुणस्तर परीक्षणका लागि बजारभित्र नै प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
कामनपा–१४ का वडाध्यक्ष शोभा सापकोटाले व्यवसायीले वडामा व्यवसाय दर्ता गरी तोकिएको कर समयमा बुझाउनुपर्ने बताउँदै त्यसो भएमा व्यवसायीलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन सकिने विचार व्यक्त गर्नुभयो ।
नेपाल फलफूल थोक व्यवसायी महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेले उक्त व्यवसायलाई व्यवस्थित बनाउनका लागि सरकारले बजारको व्यवस्थापन गर्नुपर्नेमा जोड दिदैं कृषि बजार ऐन चाँडो कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
व्यवसायी प्रकाशचन्द्र न्यौपानेले उच्च गुणस्तरको फलफूल युरोपका विभिन्न बजारबाट समेत आयात गरिँदै आएको जानकारी दिँदै ती मुलुकमा नेपाली हावापानीमा उत्पादन भएका फलफूलको ग्रेडिङ गरी पठाउनका लागि सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।
नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले व्यवसायीको हक, हित र अधिकारको संरक्षणका लागि संस्था क्रियाशील रहेको धारणा व्यक्त गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने