
पूर्व राजा ज्ञानेन्द्र शाह बुधबार धनगढी उपमहानगरपालिका–४ स्थित उत्तरबेहडीमा रहेको शिवपुरी धाम परिसरमा व्यवस्थापन समितिले दिएको मायाको चिनो हेर्दै । तस्बिर – तिलकराज ओझा, धनगढी, रासस
कैलाली, १९ पुस – पूर्वराजा ज्ञानेन्द्र शाहले आज धनगढीको उत्तरबेहडी–४ स्थित शिवपुरी धामको दर्शन गर्नुभयो ।
पूर्वराजा शाहले धनगढीको शिवपुरी धाम परिसरमा रहेको १०८ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गर्ने क्रममा आफू यस धार्मिक क्षेत्रको दर्शनका लागि इच्छुक रहेको र यो अरु केही नभई विशुद्ध धार्मिक यात्रा रहेको बताउनुभयो ।
उहाँले शिवपुरी धाम परिसरस्थित शिव मन्दिरमा पूजाआजा पनि गर्नुभयो ।
शिवपुरी धामको दर्शन गरी फर्कने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अहिले देशको अवस्था राम्रो रहेको र अहिल्यै बोलिहाल्ने केही कुरा नरहेको बताउनुभयो ।
सोल्टी होटल प्रालिको उद्घाटनका लागि पूर्वराजा एक हप्तादेखि स–परिवार नेपालगञ्जमा बस्दै आउनुभएकामा आज बिहान मात्रै धनगढी आइपुग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
पूर्वराजासँगै पूर्वरानी कोमल, बुहारी हिमानी र नातिनी प्रेरणा शाह पनि धनगढी आउने कार्यक्रम रहेको भए तापनि पूर्वराजा शाह मात्रै यस क्षेत्रको दर्शनका लागि आउनुभएको मूल स्वागत समितिले जनाएको छ ।
पूर्वराजाको स्वागतका लागि कयौँ चौधरीको संयोजकत्वमा १०१ सदस्यीय मूल स्वागत समिति गठन गरिएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने