काठमाडौँ, १९ पुस – सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा सेनाको प्रवक्ताको जिम्मेवारी आजदेखि सहायकरथी गोकुल भण्डारीले सम्हाल्नुभएको छ ।
सहायकरथी नैनराज दाहालले निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी भण्डारीलाई कार्यभार हस्तान्तरण गर्नुभएको निर्देशनालयले जनाएको छ ।
सो अवसरमा सहायकरथी दाहालले करिब तीन महिना जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सबै सञ्चारसंस्था तथा सञ्चारकर्मीबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि आभार प्रकट गर्नुभयो ।
सहायकरथी भण्डारीले आफ्नो कार्यकालमा नेपाली सेना र पत्रकार जगत्बीचको सम्बन्ध थप प्रगाढ र सुमधुर बनाउँदै लैजान आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : कुन दलले कति सिट जिते ?