
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा मंगलबार बसेको केन्द्रीय कार्यालयको बैठकमा अध्यक्ष ‘प्रचण्ड’, रामबहादुर थापा र अमिक शेरचन । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १८ पुस – नेकपा (माओवादी केन्द्र) ले नेकपा(एमाले) सँगको पार्टी एकतालाई द्रुतगतिमा अगाडि बढाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुरयाउन प्रभावकारी पहल गर्ने निर्णय गरेको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठनलगायतका विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
बैठकले आम जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई द्रुतगतिमा अगाडि बढाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
‘एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्यमा देखिएको समस्याले छलफल लम्बिएको हो, पार्टी एकता प्रक्रिया अगाडि जान्छ, पार्टी एकता र सरकार गठनबारे कुनै समस्या छैन, तपाईहरुले एकताको आश्चर्यजनक नतिजा पाउनुहुनेछ’– बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भन्नुभयो ।
बैठकले विभिन्न माओवादी धाराबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा एक कार्यदलसमेत गठन गरेको छ ।
कार्यदलमा नेताहरु टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, सावित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल र सुनील मानन्धर रहनुभएको छ ।
बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भएको अन्तर्घात छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । समितिमा लीलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहनुभएको छ ।
त्यस्तै बैठकले राजनीतिक गतिरोध अन्त्य र नयाँ सरकार गठनका लागि पार्टीका तर्फबाट आवश्यक पहल लिने निर्णय पनि गरेको छ ।
अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकार गठनका विषयमा भइरहेको छलफल र गृहकार्यबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने