काठमाडौँ, १८ पुस – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
सरकार र निर्वाचन आयोगले बिलम्व गर्दा नयाँ सरकार गठनमा ढिलाइ भएको भन्दै उहाँले छिटोभन्दा छिटो राष्ट्रियसभाको निर्वाचन गर्न र राजनीतिक सहमति गरेर मात्र प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको अध्यक्ष दाहालका प्रेस सहयोगी मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले छिट्टै राष्ट्रियसभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गरिरहेको जानकारी दिँदै आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने बताउनुभयो ।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियसभाको निर्वाचन तथा प्रदेश प्रमुखको नियुक्तिलगायतका विषयमा छलफल भएको जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने