काठमाडौँ, १८ पुस – प्रहरी परिसर काठमाडौँले पूर्वप्रहरी नायब महानिरीक्षक तथा ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
सरकारी कागज कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरी महानिरीक्षक बन्नका लागि पेश गरिएको कार्यसम्पादन मूल्याङ्कनमा कीर्ते गरेको आरोप सिलवालविरुद्ध लागेको छ । केही दिनअघि सर्वोच्च अदालतले महानिरीक्षकको कार्यसम्पादन मूल्याङ्कनमा कीर्ते कागज पेश गर्नेको पहिचान गरी कारबाही गर्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पुस ५ गते कीर्ते प्रकरणबारे मुद्दा दर्ता गरेको थियो । सोही घटनाको अनुसन्धानका लागि सिलवाललाई पक्राउ गर्न पुर्जी जारी गरिएको हो ।
सिलवाल क्वालालाम्पुरमा
नेकपा (एमाले) को तर्फबाट ललितपुर क्षेत्र नं १ का नवनिर्वाचित सांसद नवराज सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुग्नुभएको छ ।
सिलवालमाथि आज नेपाल प्रहरीले कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । उहाँ एयर एशियाको नियमित उडानबाट सोमबार साँझ मलेसिया जानुभएको छ ।
सिलवाल हाल फरार रहेको भनी कतिपय सञ्चार माध्यमले गलत सूचना प्रवाह गरेको एमाले ललितपुरका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले दाबी गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा