
एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बिहीबार बसेको स्थायी कमिटी बैठकमा सहभागी एमाले नेताहरु । तस्वीर – रमेश गिरी, भक्तपुर, रासस
भक्तपुर, १३ पुस – नेकपा (एमाले) ले तत्काल प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।
बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बसेको स्थायी कमिटी बैठकले निर्वाचन परिणाम सार्वजनिक गरी सरकार निर्माणको प्रक्रिया सहज गराउन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको एमाले सचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो । समानुपातिकतर्फको निर्वाचन परिणाम घोषणा नहुनु दुःखद भएको ठहर गर्दै बैठकले यसकै कारण सरकार निर्माणमा अन्योल गराएका प्रति आयोगको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।
यसका लागि आयोगसमक्ष पार्टी प्रतिनिधिमण्डलले कुरा गर्ने निर्णय बैठकले गरेको उहाँको भनाइ थियो । नयाँ सरकार निर्माण, नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकता र राष्ट्रियसभा गठनका विषयमा पार्टी एकता संयोजन समितिको बैठक छिट्टै बसेर टुंग्याउनेबारे बैठकमा छलफल भएको छ ।
सचिव भट्टराईले भन्नुभयो, ‘छिट्टै एमाले र माओवादीबीच पार्टी एकता हुन्छ, यसक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सकारात्मक कुराकानी भएका बारे अध्यक्ष ओलीले आजको बैठकमा जानकारी गराउनुभएको छ ।’ उहाँले पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार या शनिबार बसेर एकता प्रक्रियाका अरु सांगठनिक र राजनीतिक नेतृत्व व्यवस्थापनलगायत विषय छलफल गरी टुंगो लगाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेशसभामा समानुपातिकबाट ७५ जना
बैठकले प्रदेशसभामा पार्टीका तर्फबाट समानुपातिकमा जाने ७५ जनाको अन्तिम टुंगो लगाएको छ । सो सूची शुक्रबार आयोगमा बुझाइने बताउँदै सचिव भट्टराईले एमालेको प्रदेशसभामा प्रत्यक्षबाट १६८ र समानुपातिकतर्फबाट ७५ गरी २४३ सदस्यले प्रदेशसभामा प्रतिनिधित्व गर्ने बताउनुभयो ।
करिब पाँच घण्टासम्म चलेको बैठकमा अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीपकुमार ज्ञवालीलगायत अधिकांश स्थायी कमिटीका नेताको सहभागिता थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण