काठमाडौँ, १२ पुस – आपसी विवादपछि काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणको काम मंगलबारदेखि अघि बढाउन सकेको छैन ।
विवादको विषयमा थप छलफल भइ सहमति भएपछि मात्र काम अघि बढाइने निर्माणका लागि जिम्मा पाएको ठेकेदार कम्पनी वल्डवाइड कँडेल केएन केजीजेभीका निर्देशक अर्जुन कँडेलले जानकारी गराउनुभयो ।
गत मंगलबार पुरातात्विक महत्व कायम गर्दै निर्माण कार्य कसरी बढाउने भन्ने सम्बन्धमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी पक्षबीच विवाद उत्पन्न भएपछि काम अघि बढ्न नसकेको हो ।
विवादपछि रोकिएको पुनःनिर्माणको काम सञ्चालन गर्ने क्रममा विवादको विषयलाई चुलिन नदिन पुरातत्व र प्राधिकरणसँग बसेर छलफल गरी अघि बढ्ने प्रमुख शाक्यको भनाइ छ ।
प्रमुख शाक्यले पुनःनिर्माणको काम निरन्तर गराउन ठेकेदारलाई निर्देशन दिइरहँदा उता उपप्रमुख खड्गीले नियमविपरीत निर्माण भएको भन्ने कुरा उठान गरिरहनुभएको थियो ।
सम्झौताअनुसार गत कात्तिक मसान्तसम्ममा पहिलो चरणको बाहिरी पर्खाल लगाउने काम सम्पन्न गरिसक्नुपर्ने भए पनि यस्तै विवादका कारण उक्त कामसमेत पूरा हुन सकेको छैन् ।
विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको विसं २०७२ माघ २ मा राष्ट्रपतिबाट शिलान्यास भइ पुनःनिर्माण अभियान प्रारम्भ भएको थियो । विसं १७२७ मा दुई वर्ष लगाएर बनाइएको सो पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन खोलिएको इतिहासमा उल्लेख छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त