
सन्तनेता कृष्णप्रसाद भट्टाराईको ९४औँ जन्मजयन्तीको अवसरमा ललितपुरको वाडेगाउँमा शनिबार आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन्तनेताको सालिकमा माल्यार्पण गर्दै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, ८ पुस – नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९४ औँ जन्मजयन्तीको अवसर पारेर युवा विद्यार्थीले पार्टी र भातृ संगठनभित्र सुधारको अभियान शुरु गरेका छन् ।
नेपाल विद्यार्थी संघका बहुमत केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको आज बाल्मीकि विद्यापीठमा भएको भेलाले पार्टी र संघभित्र सुधारका लागि १० बुँदे मागपत्र तयार पारेको छ । मागपत्र आइतबार पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइने संघकी उपाध्यक्ष उर्मिला थपलियाले जानकारी दिनुभयो ।
‘रुपान्तरित काँग्रेसका लागि सदृढ नेवि संघ’ अभियानअन्तर्गत आज भेला गरिएको उहाँले बताउनुभयो । भेलामा ११ औँ महाधिवेशनमा अध्यक्षका प्रतिष्पर्धी मनोजमणि आचार्य समूहका नेताको सहभागिता थियो । जसमा ६४ सदस्यीय केन्द्रीय समिति मध्ये बहुमतको उपस्थिति थियो ।
“स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसको हार पार्टी र भ्रातृ संस्था सबैको अकर्मण्यताका कारण भएको हो, अब सुधारको शुरुवात हुनुपर्छ, सुधार अभियान नेवि संघबाट गर्न हामी लागेका छौँ, आजको भेलाले तयार पारेको मागपत्र सभापति वरिष्ठ नेता र महामन्त्रीलाई बुझाउँछौँ”–उहाँले भन्नुभयो ।
एक हप्ताभित्र अधिकांश नेता कार्यकर्ताको भावनाबमोजिम संगठनमा सुधार नगरिए समानान्तर समिति गठन गर्नसमेत बाध्य हुनुपर्ने नेताहरुको भनाइ छ । निर्वाचनका बेला नेवि संघ अध्यक्ष नैनसिंह महर प्रचारप्रसार छोडेर विधान विपरीत आमन्त्रित केन्द्रीय सदस्य र महामन्त्रीको चिट्ठी बाँडेर बसेको नेताहरुको गुनासो थियो ।
‘बलियो काँग्रेसका लागि सशक्त नेवि संघ’ अभियान पनि संगै शुरु गरिने विद्यार्थी नेताहरुको भनाइ छ । अध्यक्ष महरले विवाद भएका जिल्ला र क्याम्पसमा अर्को अधिवेशन नगराउँदा संगठन विस्तार नभएको आरोप विद्यार्थी नेताहरुको छ । यस सम्बन्धमा अध्यक्ष महरसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
संविधानमा लेखिएको प्रणाली मान्दिन भन्न कहां मिल्छ ?- ओली

सन्तनेता कृष्णप्रसाद भट्टाराईको ९४औँ जन्मजयन्तीको अवसरमा ललितपुरको बाडेगाउँमा शनिबार आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलगायत । तस्बिर – प्रदीपराज वन्त, रासस
ललितपुर, ८ पुस – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दलहरुको सहमतिमा नै संविधान लेखिएकाले संविधानमा लेखिएको चुनावी प्रणाली मान्दिन भन्न नमिल्ने बताउनुभएको छ ।
सन्त नेता कृष्णप्रसाद भट्टराईको ९४औँ जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपाली काँग्रेसतर्फ लक्षित गर्दै खेल सकिएर एउटाले जितेर विजयको हात हल्लाएपछि अर्काेले खेलको नियम मान्दिन भन्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी आफैँले बनाएको प्रणालीलाई सर्वस्वीकार्य बनाउनुपर्छ ।’
आफू शासक नभएको र आफूमा कुनै पनि खालको दम्भ नभएको अध्यक्ष ओलीले दाबी गर्नुभयो । एउटा सामान्य किसान परिवारमा जन्मे हुर्केको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘म कुलघरानाको होइन, घाँस काटेर, भकारो सोहोरेर हुर्किएको हो, ममा कुनै दम्भ छैन ।’
अध्यक्ष ओलीले कृष्णप्रसाद भट्टराईले एउटा युग र परिवर्तनको नेतृत्व गरेको स्मरण गर्नुभयो । राणाकालको कष्टकर समयमा समेत परिवर्तनका लागि लागेको भन्दै उहाँले भट्टराईको प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अप्ठेरो समयमा पनि भट्टराईले समयको साक्षी मात्रै होइन त्यो समयलाई अघि बढाउन भूमिका पनि खेल्नुभयो ।’ नागरिकले आफ्नो देशप्रति गर्व गर्दा मात्रै देश अघि बढ्नसक्ने उहाँको जिकिर थियो ।
नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेससँग जनताको आकांक्षा धेरै भएको औँल्याउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले एमाले अध्यक्ष ओलीले पार्टीभित्र र प्रतिपक्ष दुवैलाई मिलाएर लानुपर्नेमा जोड दिनुभयो ।
प्रा डा जगमान गुरुङले सन्त नेता कृष्णप्रसाद भट्टराईबाट अहिलेका नेताहरुले धेरै कुरा सिक्नसक्ने बताउनुभयो ।
प्रतिष्ठानका सदस्य आनन्द स्वामीले स्पष्टता र राष्ट्रियताका सवालमा सन्त नेता भट्टराई र अध्यक्ष ओलीबीचमा समानता भएको बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा