काठमाडौँ, ८ पुस – वाम गठबन्धनका नेताहरूले मुलुकको समृद्धिका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जतिसक्दो चाँडो पार्टी एकता हुने प्रस्ट पारेका छन् ।
नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको प्रथम वार्षिक साधारणसभालाई सम्वोधन गर्दै वाम गठबन्धनका युवा नेताहरूले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई जनताले अनुमोदन गरिसकेको सन्दर्भमा भ्रमको पछि नलाग्न आग्रह गर्नुभयो ।
माओवादी केन्द्रका नेता तथा बिना विभागीयमन्त्री जनार्दन शर्माले तत्कालका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र सरकार निर्माणसँगै पार्टी एकता हुने बताउनुभयो ।
वाम सरकार गठन भएसँगै मुलुकमा व्याप्त भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै मुलुकलाई सम्वृद्धि र विकासको बाटोमा अगाडि बढाउने उहाँको भनाइ छ ।
एमालेका सचिव योगेश भट्टराईले कम्युनिष्ट पार्टीहरू सधैँभरि प्रजातन्त्र र जनताको पक्षमा रहेको हुँदा लोकतान्त्रिक मूल्य मान्यताको आधारमा छिट्टै सरकार गठन गरेर अगाडि बढ्ने बताउनुभयो ।
उहाँले वाम सरकार गठन भएपछि मुलुकमै रोजगारीको सिर्जना गरी विदेशीयका युवालाई स्वादेशमै फर्काउने, व्यवसायमा लगानी गर्नुका साथै मुलुकका विद्यमान समस्या समाधान गर्ने बताउनुभयो ।
मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले कला, शीप र दक्षताका धनी सुनचाँदी व्यवसायी तथा कामदारको राज्यले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । सुनचाँदी व्यवसायी तथा कामदारको पेशागत संरक्षणका लागि २०७३ असोज १२ गते स्थापना गरिएको हो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो