
काठमाडौँ, ५ पुस – काठमाडौँको टोखास्थित झोरको जंगलमा मृग ठानेर चलाएको गोलीबाट एक महिला घाइते भएकी छन् ।
आज दिउँसो शिकार खेल्न गएका चासेडाँडाका युवकहरुको एक समूहले झोरको जंगलमा मृग ठानेर गोली चलाउँदा झोरकी ३५ वर्षीया दुर्गा दुलाल घाइते हुनुभएको हो ।
महानगरीय प्रहरी परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले महिलालाई घाँस काट्न गएको बेला गोली प्रहार भएको जानकारी दिनुभयो । गोली प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकिएको छ ।
घाइते दुलालको उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा लगिएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान